Logo

बुधवार, बैशाख २९ २०७८May 12 2021

images

गुगल : 'कार्यालय विस्तार गर्दै , ७ अर्ब डलर लगानी'

गुगल : 'कार्यालय विस्तार गर्दै , ७ अर्ब डलर लगानी'

आइतवार, चैत्र ८ २०७७

  • 1.2K
    SHARES

  • गुगल  : 'कार्यालय विस्तार गर्दै , ७ अर्ब डलर लगानी'

    एजेन्सी ।  विश्वव्यापी महामारीका कारण अधिकांश कर्मचारीहरुले घरबाटै काम गरिरहेको अवस्थाका बाबजुत गुगलले आफ्नो कार्यालयको क्षेत्रफल बढाउने निर्णय गरेको छ । नयाँ योजना सार्वजनिक गर्दै गुगलले अमेरिकास्थित अफिस र डाटा सेन्टरको स्पेस वृद्धिका साथै कम्तिमा १० हजार नयाँ रोजगारी सिर्जनाका लागि ७ अर्ब डलर भन्दा धेरै लगानी गर्ने जनाएको छ ।

    एक ब्लग पोष्टमा गुगलका सीईओ सुन्दर पिचाइले भनेका छन्ः सहकार्यका लागि प्रत्यक्ष रुपमै सँगै हुनु र सामूहिकता निर्माण गर्नु गुगलको मूल संस्कृति हो । यो हाम्रो भविष्यको लागि समेत निकै महत्वपूर्ण हुनेछ । त्यसैले हामीले मुलुकभर आफ्ना कार्यालयहरुमा उल्लेख्य लगानी गर्दैछौँ ।

    गुगलले यहीँ वर्ष आफ्नो मूल थलो क्यालिफोर्नियामा १ अर्ब डलर लगानी गर्नेछ । त्यस्तै एटलान्टा, वासिंटन डिसी, शिकागो र न्युयोर्कका कार्यालयहरु समेत विस्तार गर्ने योजना गुगलको छ । गुगलले न्युयोर्कसिटी स्थित कार्यालय विस्तारमा यही वर्ष २५ करोड डलर लगानी गरी कर्मचारीको संख्या ३ हजार थप गर्नेछ ।

    स्मरण रहोस् महामारीका कारण आफ्ना अधिकांश कर्मचारीलाई घरबाटै काम गर्ने नियम तय गरेका सिलिकन भ्यालीस्थित दिग्गज कम्पनीहरुले पछिल्लो समेत अफिस स्पेस विस्तारमा उल्लेख्य लगानी गर्न थालेका छन् । यसअघि फेसबुकले आरईआई कम्पनीको स्वामित्वमा रहेको प्रयोगविहीन अवस्थाको भव्य कार्यालय भवन खरिद गर्ने बताएको थियो ।

    त्यस्तै अमेजनले अमेरिकाका विभिन्न सहरमा गरी ३५ सय नयाँ कर्मचारी भर्ना गर्ने र अमेरिकाका विभिन्न सहरमा रहेका कार्यालयको क्षेत्रफल वृद्धि गर्ने घोषणा गरिसकेको छ । -सीएनएनबाट

    आइतवार, चैत्र ८ २०७७०१:०६:२४

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार