Logo

बुधवार, श्रावण २० २०७८Aug 04 2021

images

मुक्तक विमर्श तथा  गोष्ठी सप्पन्न

मुक्तक विमर्श तथा  गोष्ठी सप्पन्न

बुधवार, चैत्र ४ २०७७

  • 5.0K
    SHARES

  • मुक्तक विमर्श तथा  गोष्ठी सप्पन्न


    बिराटनगर, चैत । विराटनगर मुक्तक सागर साहित्यिक पत्रिकाको आयोजनामा विराटनगरमा मुक्तक विमर्श तथा  गोष्ठी सप्पन्न भएको छ ।  समारोहमा विराटनगरमा रहेर चार दशकभन्दा बढी समयदेखि मुक्तक लेखनमा योगदान दिएकाले मुक्तककार भूषण ढुङ्गेल (विराटनगर) लाई मुक्तक सागर सम्मान गरिएको छ । 
    सो समारोहमा मुक्तक र मुक्तक सागरका बारेमा समालोचक दधिराज सुवेदी, कवि अनन्त अर्याल (स्याङ्जा) प्रमोद प्रधान, प्रकट पगेनी शिव, (पोखरा ० खेम नेपाली, बाबा बस्नेत, विवश पोखरेललगायतले आआफ्ना विचार प्रकट गरेका थिए ।  गोष्ठीमा मुक्तककारहरुले आआफ्ना मीठा मीठा र शक्तिशाली मुक्तक वाचन गरेर गोष्ठीलाई मुक्तकमय बनाएका थिए ।

    यो सभामा प्रकट पगेनी शिव, विवश पोखरेल, मिलन समीर, विर्खे अन्जान, बद्री भिखारी, प्रमोद प्रधान, बाबा बस्नेत, निशा केसी, खेम नेपाली, मधु पोखरेल, रामबाबु दाहाल, कविताकेशरी, चूडामणि नेपाल, लक्ष्मी स्मृति, लक्ष्मी रायामाझी, मचिन्द्र खत्री, विद्या अनामिका, भरत गुरागाईं, जीविका अश्रु, ममता मृदुल, रोहिणी रसिक, बाबुराम पोखरेल, राधा भट्टराई, सरिता तुलाधर , प्रयाग न्यौपाने, मदन भण्डारी श्रेष्ठ परिक्रमा, लक्ष्मी श्रेष्ठ, लक्ष्मी आचार्य, अच्युत खतिवडा, शिवनारायण पण्डित, अम्बिका खरेल उप्रेती, नेत्र खतिवडा, रोहिणी रसिक, तारानाथ पोखरेल, गोकुल अधिकारीलगायत सष्टाहरुले मुक्तक वाचन गरेका थिए । 
    सो कार्यक्रममा मुक्तक सागरका विशेष सदस्य रामबाबु दाहाल, विवश पोखरेल, लक्ष्मी श्रेष्ठ, बाबुराम पोखरेल, रीता ताम्राकार, राधा भट्टराईलाई सदस्यता सम्मान पत्र प्रदान गरिएको छ  । 
    प्रमुख अतिथि साहित्यकार प्रमोद प्रधान, अतिथिहरू दधिराज सुवेदी, प्रकट पगेनी शिव, रामबाबु दाहाल बाबुराम पोखरेल आयोजक संस्थाका अध्यक्ष विवश पोखरेल, महासचिव गोकुल अधिकारी, सचिव मीनकुमार नवोदितलगायतले गोष्ठी सफल बनाउने सबै प्रिय मुक्तककार र आमन्त्रित महानुभावप्रति मुक्तकसागर सम्पादक निशा के।सी।ले हार्दिक आभार व्यक्त गरेकी छिन । 

    बुधवार, चैत्र ४ २०७७०१:४२:०९

    डेमो खबर

    सम्बन्धित समाचार