Logo

शुक्रवार, बैशाख १० २०७८Apr 23 2021

images

सरकार - विप्लव समूह वार्ता : "गृहमन्त्री ‘बादल’को संयोजकत्वमा दुई सदस्यीय वार्ता टोली "

सरकार - विप्लव समूह वार्ता : "गृहमन्त्री ‘बादल’को संयोजकत्वमा दुई सदस्यीय वार्ता टोली "

मंगलवार, फाल्गुण १८ २०७७

  • 997
    SHARES

  • सरकार - विप्लव समूह वार्ता :  "गृहमन्त्री ‘बादल’को संयोजकत्वमा दुई सदस्यीय वार्ता टोली "

    काठमाडौं, फागुन । सरकारले नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) सँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।

    सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका प्रेस विज्ञ राजेन्द्र मानन्धरका अनुसार सराकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई सदस्य रहनुभएको छ ।

    विप्लव समूहले सरकारसँग वार्ता गर्न तयार रहेको केही दिनअघि विज्ञप्तिमार्फत जानकारी गराएको थियो । सरकारका प्रतिनिधिले पनि अनौपचारिक रुपले सो दलका नेताहरुसँग सम्पर्क गर्दैआएका थिए ।

    सरकार र विप्लव माओवादीसँग वार्ता गर्न टोली नै गठन भएपछि त्यसलाई सकारात्मकरुपमा हेरिएको छ ।

    मंगलवार, फाल्गुण १८ २०७७०८:२७:१३

    डेमो खबर

    सम्बन्धित समाचार