Logo

शुक्रवार, बैशाख १० २०७८Apr 23 2021

images
सरकार - विप्लव समूह वार्ता

नेपाली कांग्रेसले भन्यो : " छुट्टाछुट्टै वार्ता समिति गठन सकारात्मक"

नेपाली कांग्रेसले भन्यो : " छुट्टाछुट्टै वार्ता समिति गठन सकारात्मक"

मंगलवार, फाल्गुण १८ २०७७

  • 1.2K
    SHARES

  • नेपाली कांग्रेसले भन्यो :   " छुट्टाछुट्टै  वार्ता समिति गठन सकारात्मक"

    काठमाडौं,  फागुन । सरकार र नेत्रविक्रम चन्द विप्लव समूहले वार्तामार्फत समस्या समाधान गर्नका लागि छुट्टाछुट्टै वार्ता समिति गठन गर्नुलाई नेपाली कांग्रेसले सकारात्मक भनेको छ ।

    सबै समस्याको समाधान वार्ता, सम्वादबाट गर्नुपर्ने मान्यतामा कांग्रेस दृढ रहेको भन्दै दुवै पक्षलाई  इमान्दारपूर्वक वार्ताबाट समाधानमा पुग्न उसले आग्रह समेत गरेको छ ।

    सका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकार र विप्लव समूहले इमान्दारीपूर्वक बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, संसदीय शासन प्रणालीको परिधिभित्र रही समाधान खोज्ने छन् भन्ने नेपाली कांग्रेसले विश्वास लिएको छ ।’

    हेर्नुहोस् विज्ञप्ति :

     
     

    मंगलवार, फाल्गुण १८ २०७७०८:०२:१२

    डेमो खबर

    सम्बन्धित समाचार