Logo

शुक्रवार, बैशाख १० २०७८Apr 23 2021

images

कोरोना खोप : 'थप पचास लाख डोज किन्ने तयारीमा सरकार'

कोरोना खोप : 'थप पचास लाख डोज किन्ने तयारीमा सरकार'

सोमवार, फाल्गुण १७ २०७७

  • 957
    SHARES

  • कोरोना खोप :  'थप पचास लाख डोज  किन्ने तयारीमा सरकार'

    काठमाडौं, फागुन । सरकारले कोरोना भाइरसविरुद्धको थप पचास लाख डोज खोप किन्ने तयारी गरेको छ । भारतको सेरम इन्सिट्युटले नै उत्पादन गरेको खोप सरकारले खरिद गर्ने भएको हो । सुरुमा भारत सरकारले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिएको थियो । त्यसपछि सरकारले २० लाख डोज खोप खरिद गरिसकेको छ ।

    खरिद गरेको २० लाखमध्ये १० लाख डोज नेपाल भित्रिसकेको छ भने, बाँकी १० लाख यसै हप्ता भित्रिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले  जानकारी दिए । २० लाख डोज खोप अभियानकै क्रममा सरकारले थप ५० लाख डोज खोप खरिदको प्रक्रिया अघि बढाउने भएको हो ।

    "५० लाख खोप किन्ने प्रक्रिया अघि बढेको छ, यो अभियान (२० लाख खोप) सकिने बित्तिकै उपलब्ध गराउने तयारी गरेका छौं", प्रवक्ता गौतमले भने । खोप केन्द्रमा गएर नागरिकताका आधारमा नै खोप लगाउन सकिने प्रवक्ता गौतमले बताएका छन् । सो उमेर समूहकालाई लगाइसकेपछि बाँकीले लगाउन पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यसबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले राजनीतिक र कूटनीतिक प्रयासबाट चाँडै खोप ल्याउन सफल भएको बताएका छन् ।  सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा बोल्दै मन्त्री त्रिपाठीले भने, “राजनीतिक र कूटनीतिक प्रयासबाट हामी चाँडै खोप ल्याउन सफल भएका छौँ ।

    यसका लागि सार्वजनिक खरिद ऐनको बाधा अड्काउ फुकाऊ गराएर यसको उपलब्धता गराएका छौँ । सीमित देशका सीमित कम्पनीले उत्पादन गरेकाले अझै केही खोपको खरिदमा प्रतिस्पर्धा गराउन सक्ने स्थिति छैन ।"

     

    सोमवार, फाल्गुण १७ २०७७०८:३०:४९

    डेमो खबर

    सम्बन्धित समाचार