Logo

शुक्रवार, बैशाख १० २०७८Apr 23 2021

images

नेपालमा कोराेना : 'विगत २४ घण्टा, ७८  नयाँ संक्रमित थपिए'

नेपालमा कोराेना : 'विगत २४ घण्टा, ७८  नयाँ संक्रमित थपिए'

आइतवार, फाल्गुण १६ २०७७

  • 1.2K
    SHARES

  • नेपालमा कोराेना  : 'विगत २४ घण्टा,  ७८  नयाँ संक्रमित थपिए'

    काठमाडौं, फागुन  । विगत २४ घण्टामा नेपालमा कोराेना भाइरसका ७८  नयाँ संक्रमित थपिएका छन् भने ८२ मा सक्रमित निको भएका छन् ।

    सो अवधिमा एकको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा डा. जागेश्वर गाैतमले नेपालमा अहिलेसम्म दुई लाख ७४ हजार १४३ पुगेको जनाएको छ ।

    हालसम्म दुई लाख ७० हजार ४०७  निकाे भएका छन् । नेपालमा अहिलेसम्ममा ९८ दशमलब ६ प्रतिशत निको भएको छन् । हाल ९६७ मा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

    नेपालमा हालसम्म २१ लाख ६२ हजार ९३६ को आरटीपीसीआर परीक्षण गरिएको छ । हाल ९६५  आइसोलेशनमा र ६८ क्वारेन्टिनमा छन् ।

    हालसम्म कोरोना सङ्क्रमणे मृत्यु हुनेको संख्या दुई हजार ७७४ पुगेको मन्त्रालयले उल्लेख गरेको छ । आईसीयुमा ३२ र भेन्टिलेटरमा आठकाे उपचार भैरहेकाे छ ।

    काठमाडौं उपत्यकामा ३७ मा कोरोना संक्रमण यस्तै, दुई हजार ५३२ को नमूना परीक्षण गर्दा २४ घण्टामा काठमाडौं उपत्यकामा ३७ मा कोरोना संक्रमण भएको छ ।

    उपत्यकाको भक्तपुरमा छ, ललितपुरमा पाँच र काठमाडौंमा २६ मा कोरोना पुष्टि भएको छ ।

    आइतवार, फाल्गुण १६ २०७७०७:१५:०९

    डेमो खबर

    सम्बन्धित समाचार