Logo

शुक्रवार, बैशाख १० २०७८Apr 23 2021

images

हाइटी : 'जेलबाट २०० भागे, २५ को मृत्यु'

हाइटी : 'जेलबाट २०० भागे, २५ को मृत्यु'

शनिवार, फाल्गुण १५ २०७७

  • 1.0K
    SHARES

  • हाइटी :  'जेलबाट २०० भागे, २५ को मृत्यु'

    पोर्ट ओ प्रिन्स, फाल्गुन । हाइटीमा जेलबाट शुक्रबार २०० भन्दा बढी कैदी भागेका छन् । भाग्ने क्रममा भएको झडपमा परी कम्तीमा २५ को मृत्यु पनि भएको छ ।

    मृत्यु हुनेमा जेलका निर्देशक समेत रहेको सञ्चार सचिव फ्रन्टज एक्सान्तुजले शनिबार जानकारी दिनुभयो । जेलमा झण्डै ४०० कैदी थिए । “घटनामा परी कम्तीमा २५ को मृत्यु भएको छ ।

    तीमध्ये छ  कैदी नै रहेका छन् भने एक  जेलका प्रमुख पौल हेक्टर जोसेफ रहेका छन्,” उहाँले भन्नुभयो । राजधानी पोर्ट ओ प्रिन्समा रहेको जेलमा भागाभाग हुँदा उनीहरुको मृत्यु भएको पनि उहाँले जानकारी दिनुभयो ।

    मृत्यु हुनेमा केही सर्वसाधारण पनि रहेको उहाँले बताउनुभयो । झण्डै दुई सय कैदी भने अझै पनि जेलमै रहेका छन् । उनीहरुलाई भाग्न नदिन प्रहरीले धेरै मेहनत गरेको सचिव एक्सान्तुजले बताउनुभयो ।

    जेलमा राखिएका केही कैदीलाई हतकडी लगाइएको र केहीलाई बाँधिएकोले पनि उनीहरु भाग्न नसकेको उहाँको भनाई छ । मृत्यु हुनेमा एक जना समूह नाइके अर्नेल जोसेफ पनि रहेका छन् ।

    उनलाई प्रहरीले गोली प्रहार गरेर हत्या गरेको अधिकारीहरुले जनाएका छन् । सुरक्षा कारबाहीका क्रममा उनको मृत्यु भएको प्रहरी अधिकारीहरुले पनि स्वीकार गरेका छन् ।

    हाइटीमा जेल तोडफोड भएका र कैदीहरु भागे तथा उनीहरुको मृत्यु भएका घटना बेला बेलामा हुने गरेका छन् ।

    शनिवार, फाल्गुण १५ २०७७०४:४४:०४

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार