Logo

शुक्रवार, बैशाख १० २०७८Apr 23 2021

images

नेपालमा कोरोना :' पछिल्लो चौबीस घण्टा , ८१  सङ्क्रमित थपिए'

नेपालमा कोरोना :' पछिल्लो चौबीस घण्टा , ८१  सङ्क्रमित थपिए'

शनिवार, फाल्गुण १५ २०७७

  • 1.2K
    SHARES

  • नेपालमा कोरोना  :' पछिल्लो चौबीस घण्टा , ८१  सङ्क्रमित थपिए'

    काठमाडौं, फागुन  । नेपालमा कोरोना भाइरसका ८१  सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुईहजार ८२४ को आरटीपीसीआर परीक्षण गरिएकोमा ८१ मा सङ्क्रमणको पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल बिरामीको संख्या दुई लाख ७४ हजार ६५ पुगेको जनाएको छ ।

    पछिल्लो चौबीस घण्टामा ६२ सङ्क्रमित निको भएका छन् । हालसम्म दुईलाख ७० हजार ३२५ सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ । हाल ९६७ मा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

    नेपालमा हालसम्म २१ लाख ६० हजार ४०४ को आरटीपीसीआर परीक्षण गरिएको छ । हाल ९६७ आइसोलेशनमा र ६२  क्वारेन्टिनमा छन् ।

    पछिल्लो चौबीस घण्टामा दुई कोरोना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । हालसम्म कोरोना सङ्क्रमणे मृत्यु हुनेको संख्या दुई हजार ७७३ पुगेको मन्त्रालयले उल्लेख गरेको छ ।

    शनिवार, फाल्गुण १५ २०७७०४:२८:२२

    डेमो खबर

    सम्बन्धित समाचार