Logo

शुक्रवार, बैशाख १० २०७८Apr 23 2021

images
चिनियाँ राजदूत यान्छीको सक्रियता

गौतम र राजदूत यान्छी : “ओलीको मन्त्रणा, बहाना : एकता जोगाउने, सक्रियता : ओली बचाउने ” 

गौतम र राजदूत यान्छी : “ओलीको मन्त्रणा, बहाना : एकता जोगाउने, सक्रियता : ओली बचाउने ” 

शनिवार, फाल्गुण १५ २०७७

  • 3.0K
    SHARES

  • गौतम र राजदूत यान्छी : “ओलीको मन्त्रणा,  बहाना : एकता जोगाउने, सक्रियता : ओली बचाउने ” 

     

    काठमाडौं, फागुन । पार्टी र सरकारमा बिबाद आउँदा बित्तिकै चीनको शरणमा पुग्ने नेपालका कम्युनिष्टहरु फरि एक पटक चीन सामू बिबाद मिलाई दिन भनी दूतावास धाउन थालेका छन । 
    प्रतिनिधिसभा पुनःस्थापनासँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु एकातिर चीन सामू लम्पसार पर्नथाले भने अर्कोतिर उपाध्यक्ष वामदेव गौतम दल मिलाउने भन्ने बहानामा ओलीको अप्ठयारोलाई सहज बनाउन लागीपरेका हुन । ओली निकट एक नेकपाका नेताले भने, 'ओलीलाई अप्ठयारो परेपछि मिलाउने बहानामा  ओलीलाई सहयोग गरिरहेका हुन ।' 
    उनले थपे, यसअघि पनि गौतम कि बोल्दैनथे, कि भाग्थे,  अहिले पनि त्यही भूमिका निर्बाहा गर्दैछन । उनले संक्रमणकालीन समयमा आफूलाई अध्यक्ष दिए समस्या समाधान गर्ने बताएर ओलीको पक्षमा वातावरण बनाउन लागीपरेका छन भने अर्कातिर चिनियाँ राजदूतलाई फकाउन खटाए । 
    अहिले ओलीलाई अप्ठयारो परेपछि  त्यही भूमिका निर्बाहा गर्दैछन । त्यही अभियान अनुरुप  चिनियाँ राजदूत हाउ यान्छीले प्रधानमन्त्री केपी शर्मा ओली निकट नेतासँग भेटघाट तीब्र पारेकी छन ।
    पार्टी एकता अभियान चलाएका गौतमले बिहीबार बिहान खुमलटारमा पुगेर ओलीको सम्मानजनक बर्हिगमन गर्दै नेकपाबाटै प्रधानमन्त्री बनाउनुपर्ने बताएकै समयमा यान्छीले ओली समूहका नेतासँग भेटघाट गरेकी हुन ।  
    बिहीबार मात्रै  उनले प्रधानमन्त्री ओलीसँग भेटघाटको समय मागेकी थिइन । तर ओली आफू निकटका नेताहरुसँग भेटघाट र छलफलमा व्यस्त रहेका कारण समय नदिएपछि गृहमन्त्री रामबहादुर थापा बादललगायतका नेतासँग भेटघाट गरेको उच्च स्रोतले जनाएको छ । 
    यसअघि पनि दलभित्र बिबाद आउँदा चिनियाँ राजदूत सक्रिय रहने गरेकी थिइन । मन्त्रालयमै पुगेर राजदूत यान्छीले गृहमन्त्री बादलसँग एकघण्टा कुराकानी गरेकी थिइन । बादललाई भेट्नुअघि यान्छीले नेकपा स्थायी कमिटीका दुई सदस्यलाई भेटेकी थिइन ।
    चिनियाँकै पहलमा गौतम पार्टी एकता पहलका लागि बाहिर बसेको आशंका गरिरहेका बेला बिहीबार यान्छी र गौतमको दौडधूपलाई सामान्य मान्न नसकिने नेकपा ओली समूहका एक नेताले बताए । उनले थपे, यो ओलीको ने डिजाइनमा हो ।  
    गौतमले बिहीबार बिहान एकीकृत पार्टीको अध्यक्ष दाबी गरेका थिए । 
    बिहीबार बिहान खुमलटार पुगेर पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका गौतमले पार्टी एकीकरण अभियान सफल पारौं भन्दै दुवै अध्यक्ष अस्वीकार्य हुने भए आफू संक्रमणकालको अध्यक्ष भएर नेकपाको महाधिवेशन गराउने प्रस्ताव गरेका थिए । 

    प्रधानमन्त्री ओलीलाई सम्मानजनक बिदाई गर्दै नेकपाकै सरकार बनाउन प्रयास गरौं भन्ने प्रस्ताव पनि नेता गौतमको थियो । यो प्रधानमन्त्री ओलीकै बिचार हो , उनकै डिजाइनमा गौतमले काम गरेका हुन । 
    ओली निकट नेताले भने,  गौतम  मध्यस्तकर्ता जस्ता देखिन्छन । तर ओलीलाई अप्ठयारो परेपछि मध्यस्तकर्ता बनेर सक्रिय हुन्छन । बिहीबार बिहान खुमलटार पुगेका गौतमले यो बहुमत नेकपाकै लागि आएकाले अबको प्रधानमन्त्री पनि नेकपाकै बनाउने र अहिले भएका अध्यक्षलाई हटाएर संक्रमणकालीन अध्यक्ष आफूलाई बनाए महाधिवेशन गराएर बिदा हुने जनाएर प्रचण्डलाई कन्भिस गर्न खोजेका छन ।  

    गौतमकै भाषामा यान्छीले पार्र्टी एकताका लागि नेताले पहल गरेर पार्टी नेता सम्मानजनक ठाउँ लिएर बस्नुपर्ने र त्यसका लागि चिनियाँ कम्युनिष्ट पार्टीले के कस्तो सहयोग गर्नुपर्ने हो त्यो सहयोग गर्न तयार रहेको बताएकी थिइन ।  
    संसद पुनःस्थापना भए पनि गौतमले प्रधानमन्त्री ओलीको राजीनामा माग्दै पार्टी एकताका लागि आफू लागिरहने बताएका थिए । पुस ५ गते संसद विघठन भएपछि कुनै पनि समूहमा नलागेका गौतमले देशभरका कार्यकर्तालाई समेटेर पार्टी एकता अभियानका नाममा  सञ्चालन गर्दै आएका छन ।  
    राजनीतिक रुपमा विभाजन भएको पार्टीलाई एकता गराउन यसअघि चिनियाँ टोली सक्रिय रहेको थियो । पार्टी विभाजन लगत्तै चिनियाँ टोली पुसमा नेपाल आएको थियो । तर सो टोलीले विभाजनको असर र कारणबारे छलफल गरी त्यसको विवरण चिनियाँ कम्युनिष्ट पार्टीलाई बुझाएको थियो । 
    अहिले सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेपछि नेकपालाई विभाजनबाट रोक्न चिनियाँहरु उच्च अधिकारी सक्रिय भएका हुन ।

    शनिवार, फाल्गुण १५ २०७७०९:२४:३४

    डेमो खबर

    सम्बन्धित समाचार