Logo

शुक्रवार, बैशाख १० २०७८Apr 23 2021

images

नेपालमा कोरोना भाइरस : ' ११२ सङ्क्रमित थपिए'

नेपालमा कोरोना भाइरस : ' ११२ सङ्क्रमित थपिए'

शुक्रवार, फाल्गुण १४ २०७७

  • 989
    SHARES

  • नेपालमा कोरोना भाइरस : ' ११२ सङ्क्रमित थपिए'

    काठमाडौं, फाल्गुन । नेपालमा कोरोना भाइरसका ११२ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ९४४ को आरटीपीसीआर परीक्षण गरिएकोमा ११२ मा सङ्क्रमणको पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका ११२ सङ्क्रमितसहित नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७३ हजार ९८४ पुगेको जनाएको छ ।

    पछिल्लो चौबीस घण्टामा ५४ सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ७० हजार २७७  निको भएका छन् । मन्त्रालयका अनुसार हाल ९३६ मा भाइरसको सङ्क्रमण सक्रिय छ ।

    मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा चार सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । हालसम्म दुई हजार ७७१  सङ्क्रमितको मृत्यु भएको हो । हाल ९३६ आइसोलेशनमा छन् । ७१ क्वारेन्टिनमा छन् ।

    शुक्रवार, फाल्गुण १४ २०७७०६:४३:४३

    डेमो खबर

    सम्बन्धित समाचार