काठमाडौं, फागुन । सर्वोच्च अदालतले संसद् विघटनको विषयमा फैसला सुनाउँदै बदर गरेको छ । सरकारको निर्णय बदरसँगै सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेको हो ।
अदालतले १३ दिनभित्र संसद्को अधिवेशन आह्वान गर्न परमादेश समेत गरेको छ । यो निर्णयसँगै बैठक फागुन २४ गतेभित्र बोलाउनुपर्ने भएको छ ।
अहिले सर्वोच्च अदालत परिसरमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौँलगायत देशका ठुला सहर तथा संवेदनशील क्षेत्रमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।