Logo

आइतवार, फाल्गुण १६ २०७७Feb 28 2021

images
नेकपा प्रचण्ड-नेपाल समूह

अध्यक्ष दाहालको विश्वास : " प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ भन्ने छ "

अध्यक्ष दाहालको विश्वास : " प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ भन्ने छ "

मंगलवार, फाल्गुण ११ २०७७

  • 281
    SHARES

  • अध्यक्ष  दाहालको  विश्वास : "  प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ भन्ने  छ "

    काठमाडौं, फागुन  ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै सर्वोच्च अदालतबाट संविधानको मर्म र भावना अनुसार फैसला आउने विश्वास व्यक्त गरेका छन् ।

    अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुफ) ले मङ्गलवार पेरिस डाँडामा आयोजना गरेको ‘२० औँ मजदुर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रम’लाई सम्बोधन गर्दै उनले जनयुद्ध र जनआन्दोलनका बलमा संविधानसभाबाट घोषणा भएको संविधान अनुसार गठन भएको सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना हुने जिकिर गरे ।

    सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि उक्त विषय सर्वोच्च अदालतबाट निरूपण हुने क्रममा रहेको छ । प्रतिनिधि सभा विघटनको पक्ष र विपक्षमा बहस सकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको छ । केही दिनभित्रै फैसला आउने अपेक्षा गरिएको छ ।

    “नयाँ संविधानअनुसार बनेका निकायले संविधानको मर्म र भावनाअनुसार काम गर्नेछन्”, उनले भने “ प्रतिनिधि सभा पुनर्स्थापना हुन्छ भन्ने पूरा विश्वास छ ।” संविधान गतिशील र जीवित दस्ताबेज भएको उल्लेख गर्दै उनले जनताको पक्षमा जहिले पनि संविधान संशोधन गर्न सकिने बताए ।

    दोस्रो पटक आफू प्रधानमन्त्री हुँदा जनतालाई अधिकार दिनुपर्छ भनेर संविधान संशोधन गर्न प्रस्ताव लगेको स्मरण गर्दै उनले राष्ट्रिय आवश्यकताअनुसार संविधान संशोधन गर्न सकिने प्रस्ट पारे ।

    नेकपा मजदुर फ्रयाक्सन इन्चार्ज जय पुरी घर्तीले मुलुकको परिवर्तनमा श्रमिक वर्गको भूमिका महत्त्वपूर्ण रहे पनि त्यसपछि बनेका सरकारले मजदुरका अधिकार सम्बोधन गर्न नसकेको गुनासो गरे ।

    “जनयुद्ध, जनआन्दोलनमा मजदुर को भूमिका अतुलनीय रह्यो तर आज तिनै मजदुर विना पारिश्रमिक कामबाट निष्कासित हुनु परेको छ”, उनले भने । कार्यक्रममा शहीद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको थियो ।

    मंगलवार, फाल्गुण ११ २०७७०६:१३:४५

    डेमो खबर

    सम्बन्धित समाचार