Logo

आइतवार, फाल्गुण १६ २०७७Feb 28 2021

images

भारतको महाराष्ट्र : 'कोरोना संक्रमण रोक्न विभिन्न भेला गर्न बन्देज'

भारतको महाराष्ट्र : 'कोरोना संक्रमण रोक्न विभिन्न भेला गर्न बन्देज'

सोमवार, फाल्गुण १० २०७७

  • 345
    SHARES

  • भारतको महाराष्ट्र : 'कोरोना संक्रमण रोक्न विभिन्न भेला गर्न बन्देज'

     

    काठमाडौं, फागुन  । भारतको महाराष्ट्र सरकारले कोरोना संक्रमणको लहरलाई रोक्ने उद्देश्यले  आजबाट सबै प्रकारका राजनीतिक, धार्मिक र सामाजिक कार्यक्रममा भेला हुन बन्देज गरेको छ । 

    मुख्यमन्त्री उद्धव ठाकरेले टेलिभिजन सम्बोधन गर्दै महाराष्ट्रका सबै राज्यमा मानिस भेला हुने कार्यक्रममा बन्देज लगाइएको जानकारी दिइएको छ ।  

    उनले भनेका छन्, ‘महामारीले हाम्रो राज्यमा फेरि टाउको उठाउँदै छ । लकडाउनबाट मात्र कोभिड(१९ समाधान हुँदैन । भाइरसको फैलावटलाई रोक्न यो एक मात्र विकल्प हो ।’ मुख्यमन्त्री ठाकरेले कोरोना संक्रमणबाट जोगिने नियमहरुको पालना नगर्नेलाई सजायँ  गरिने बताएका छन । 

    भारतको महाराष्ट्र कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित हुने राज्यमध्ये एक हो । अहिले फेरि संक्रमणको लहर देखिएपछि सरकारले प्रतिबन्धात्मक उपाय पालना गर्न आम नागरिकलाई अनुरोध गरेको छ ।  यो कोरोना संक्रमणको अर्को लहर हो कि होइन भन्ने कुरा ८ देखि १५ दिनभित्रै थाहा हुने मुख्यमन्त्री ठाकरेको भनाइ छ ।

    भारतको महाराष्ट्रमा कोरोना संक्रमण बढ्दै गएपछि अमरावती र अकोला जिल्लामा एक हप्ताका लागि लकडाउन सुरु गरिँदै छ । लकडाउन एक मार्चदेखि लागु हुने छ ।

    भारतको केन्द्र सरकारले कोरोना संक्रमण दिनहुँ बढ्दै गएका राज्यलाई कडा निगरानी र परीक्षणमा ध्यान केन्द्रित गर्न निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ,अन्य राज्यको तुलनामा महाराष्ट्र, केरला, आन्ध्रप्रदेश, गोवा र चण्डीगढमा कोरोना संक्रमितको वृद्धिदर धेरै देखिएको छ ।

    सोमवार, फाल्गुण १० २०७७०९:५५:२१

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार