काठमाडौं, फागुन । आज प्रधानमन्त्री केपी शर्मा ओली कञ्चनपुर जाँदै छन् । दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्ने बहानामा जान लागेका प्रधानमन्त्री ओली सरकारमा बसेर संगठन बिस्तार र जनताका नाममा जनताको हुर्मत र अदालतको अवहेलना गरेर स्पष्टीकरण दिएको भोलिपल्ट पुन:अदालतमाथि नै धावा बोले ।
बिहान साढे ११ बजे प्रधानमन्त्री ओलीको औद्योगिक क्षेत्र शिलान्यास गर्ने कार्यक्रम रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले सञ्चारकर्मीलाइ जानकारी दिए ।
निर्बाचनको नाटक गरेर सत्ता र शक्तिको दुरुपयोग गर्दै न गैरकानुनी काम गर्न छाढेका छन भने न देशका कुनै पनि क्षेत्रलाई धम्काउन पछि परेका छैनन् ।
न नियुक्ति गर्न बाँकी राखे भने न बिरोधीलाई अपराधी सरहको ब्यबहार गरेर दुःख दिन छोडेका छन ।
सरकारमा नै बसेर आँन्दोनको धम्की दिन पछि नपरेका ओलीले तत्कालीन अफगानिस्तानको आतंककारी बिद्रोही सरकारमा बसेर गरेको गतिविधिको झलक आएको नेपालका राजनीतिक बिश्लेषक बताउन थालेका छन ।
कञ्चनपुरको वेदकोट–२ र ३ मा दैजी छेला औद्योगिक क्षेत्र स्थापना हुन लागेको हो । शिलान्यास कार्यक्रमको औपचारिक समारोह भने वेदकोट–२ स्थित झरना खेल मैदानमा आयोजना गरिएको छ ।