काठमाडौं, फाल्गुन । नेपालमा कोरोनाभाइरसका ८० सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ३२५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ८० मा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १२१ सङ्क्रमित निको भएको जनाएको छ ।
मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७३ हजार ४३१ पुगेको छ । हाल एक हजार ४९४ जनामा कोरोना भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले हालसम्म दुई लाख ६९ हजार ८७६ सङ्क्रमित कोरोनामुक्त भएको उल्लेख गरेको छ । पछिल्लो चौबीस घण्टामा शून्य सङ्क्रमितको मृत्यु भएको छ ।
हालसम्म एक हजार ४९४ सङ्क्रमित आइसोलेशनमा र ६८ क्वारेन्टिनमा छन् । मन्त्रालयले कोरोनाभाइरसको पहिलो बिरामी फेला परे यता २१ लाख ३९ हजार ६३४ को आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ ।