Logo

आइतवार, फाल्गुण १६ २०७७Feb 28 2021

images

नेप्से परिसूचक : "सेयर कारोबार झिनो अंकले वृद्धि "

नेप्से परिसूचक : "सेयर कारोबार झिनो अंकले वृद्धि "

आइतवार, फाल्गुण ९ २०७७

  • 941
    SHARES

  • नेप्से परिसूचक :  "सेयर कारोबार   झिनो अंकले वृद्धि "

    काठमाडौं,   फागुन। साताको पहिलो दिन सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक ३ दशमलव ६६ अंकले उकालो लाग्दा नेप्से परिसूचक २ हजार ६४० दशमलव ३४ अंकमा पुगेको छ ।

    आइतबार सबैभन्दा धेरै हाइड्रोपावर कम्पनीको सेयर मूल्य धेरै बढेको छ । हाइड्रोपावरको सव–इन्डेक्स ४ प्रतिशत भन्दा धेरैले उकालो लागेको छ । यो समूहमा उछाल आउदा नेप्से परिसूचक पनि उकालो लागेको हो ।

    व्यापार, विकास बैंक, होटल लगायतका समूहहरु बढेर हरियो देखिएका छन् भने बैंकिङ, जीवन बिमा, निर्जिबन बिमा र लघुवित्त लगातयका समूहहरु भने घटेर राताम्मे देखिएका छन् । अघिल्लो साता चमक देखिएको बैंकिङ समूह आइतबार ७.१३ अंकले घटेको छ ।

    समग्रमा नेप्से परिसूचक बढ्दा ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ओरालो लागेको छ । सेन्सेटिभ इन्डेक्स २.२० अंकले घटेको हो । कारोबार रकम भने ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा माथि भएको छ ।

    दिनभर भएका ९३ हजार ३९ कारोबारबाट २०७ कम्पनीका २ करोड ४३ लाख ५ हजार ६६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ८३ करोड ४६ लाख ३ हजार ९६७ रुपैयाँ पुगेको छ ।

    अघिल्लो आइतबारदेखि दोस्रो बजारमा कारोबार हुन थालेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य बढ्ने क्रम यो आइतबार पनि जारी नै रहेको छ । सूचीकृत भएसँगै लगातार बढिरहेको निफ्राको सेयर मूल्य आज पनि बढेर ६ सयमा पुगेको छ ।

     

    आइतवार, फाल्गुण ९ २०७७०५:५७:१९

    डेमो खबर

    सम्बन्धित समाचार