Logo

मंगलवार, फाल्गुण १८ २०७७Mar 02 2021

images
कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले भने

हिन्दु राष्ट्रको मुद्दा : "कांग्रेस सरकारमा आएपछि जनमत संग्रह गराउछौं "

हिन्दु राष्ट्रको मुद्दा : "कांग्रेस सरकारमा आएपछि जनमत संग्रह गराउछौं "

शनिवार, फाल्गुण ८ २०७७

  • 1.2K
    SHARES

  • हिन्दु राष्ट्रको मुद्दा :  "कांग्रेस सरकारमा  आएपछि जनमत संग्रह गराउछौं "

    कावासोती,  फागुन  ।  नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले हिन्दुराष्ट्रको विषय जनमत संग्रहबाट टुङग्यानु पर्ने बताएका छन् ।

    शनिबार पुर्वी नवलपरासीको कावासोती-१३ मा शिद्धेश्वर शिवालय मन्दिरको शिलान्यास समारोहलाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन ।

    कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले धर्म सापेक्षा या निरपेक्ष नभई स्वतन्त्रता हुनुपर्ने बताउँदै नेपाली कांग्रेस सरकार आएको बेला आफुहरुले हिन्दु राष्ट्रको मुद्दामा जनमत संग्रह गराउने बताए ।

    कार्यक्रमलाई सम्बोधन कोइरालाले नेपाली कांग्रेसको झण्डामा भएको चारतारा मध्य एउटा तारा धार्मिक स्वतन्त्रताको प्रतिक भएको बताउँदै नेपाली कांग्रेस पनि धर्म स्वतन्त्रताको पक्षमा रहेको हुँदा हिन्दु राष्ट्रको विषयलाई जनमत संग्रहबाट टुङ्गायाउनपर्ने बताए ।

    शिद्धेश्वर शिवालय मन्दिरका अध्यक्ष तारानाथ लामिछानेको अध्यक्षता सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस नवलपुरका सभापति गण्डकी प्रदेश सभा सदस्य विष्णुप्रसाद लामिछाने , कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनिया सहितको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

    शनिवार, फाल्गुण ८ २०७७०३:४७:३४

    डेमो खबर

    सम्बन्धित समाचार