Logo

आइतवार, फाल्गुण १६ २०७७Feb 28 2021

images

पेट्रोलियम पदार्थको चोरी निकासी : "रोक्न निगमले ग¥यो कडाइ "

पेट्रोलियम पदार्थको चोरी निकासी : "रोक्न निगमले ग¥यो कडाइ "

शनिवार, फाल्गुण ८ २०७७

  • 481
    SHARES

  • पेट्रोलियम पदार्थको चोरी निकासी  : "रोक्न निगमले ग¥यो कडाइ "

    काठमाडौँ, फागुन । भारततर्फ पेट्रोल, डिजेलको चोरी निकासीका घटना बढ्न थालेपछि नेपाल आयल निगमले अनुगमनमा कडाइ गरेको छ । निगमले चोरी निकासी रोक्नका लागि आफ्ना प्रादेशिक कार्यालयहरूलाई स्थानीय प्रहरीसँग समन्वय गरेर अनुगमन तथा रेखदेखमा कडाइ गर्न शुक्रबार निर्देशन पठाएको छ ।

    नेपाल र भारतको सीमा क्षेत्रबाट भारततर्फ पेट्रोलियम पदार्थको चोरी निकासी बढिरहेको निगमले जनाएको छ ।

    निगमका अनुसार भारतीय सीमा रक्सौलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३५ रुपियाँ र डिजेल प्रतिलिटर ४१ रुपियाँले नेपालतर्फ सस्तो रहेकाले नेपालबाट सस्तोमा किनेर भारततर्फ महागोमा बेच्नका लागि चोरी निकासी बढेको हो ।

    फागुन २ गते नेपालबाट डिजेल चोरी गरी भारततर्फ लैजाँदै गर्दा ट्याङ्कर र संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    वीरगञ्ज महानगरपालिका–२२, जगरनाथपुरस्थित जय श्वेता आयल ट्रेडर्सबाट अवैध रूपमा डिजेल भारततर्फ निकासी गर्ने क्रममा ना. ७ ख १५११ नम्बरको ट्याङ्करका चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको थियो ।

    निगमले सीमा क्षेत्रमा सञ्चालित पेट्रोल पम्पमा निगरानी बढाएको छ । पम्पको दैनिक खरिद बिक्रीको तथ्याङ्क राख्न प्रादेशिक कार्यालयलाई निगमले निर्देशन गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

    उनका अनुसार पम्प निगरानीमा राख्ने काम सुरु भएको छ । निगमका अनुसार, प्रादेशिक कार्यालयले सीमा क्षेत्रमा दैनिक पाँचवटा पम्पको निरीक्षण गरी आवश्यक विवरण सङ्कलन गरिने भएको छ । पम्पले दैनिक बिक्री वितरणको विवरण राख्नुपर्ने व्यवस्था गरिएको छ ।

    ड्रम, जर्किन, बोतल जस्ता भाँडामा पेट्रोलियम पदार्थ बिक्री वितरण पूर्णतः बन्देज लगाउन निगमले निर्देशन गरेको छ । भारततर्फ जाने ठूला सवारी साधन बस, ट्रक तथा ट्याङ्करलाई अधिकतम एकसय लिटरभन्दा बढी बिक्री नगर्न निर्देशन गरिएको छ । निगमले सीमा क्षेत्रमा चेकजाँच कडाइ गरिएको जनाएको छ ।

    शनिवार, फाल्गुण ८ २०७७०९:५४:४८

    डेमो खबर

    सम्बन्धित समाचार