Logo

मंगलवार, फाल्गुण १८ २०७७Mar 02 2021

images

राष्ट्रिय परीक्षा बोर्ड : " कक्षा १२ को नतिजा सार्वजनिक"

राष्ट्रिय परीक्षा बोर्ड : " कक्षा १२ को नतिजा सार्वजनिक"

सोमवार, माघ १९ २०७७

  • 921
    SHARES

  • राष्ट्रिय परीक्षा बोर्ड : " कक्षा १२ को नतिजा सार्वजनिक"

    काठमाडौं, माघ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केहीबेरअघि सम्पन्न बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो ।

    नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए । बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो ।

    थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको छ । कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिरबाट सुरु भएको थियो ।

    परीक्षामा देशभरबाट चार लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए ।

    सोमवार, माघ १९ २०७७११:२५:५२

    डेमो खबर

    सम्बन्धित समाचार