Logo

मंगलवार, फाल्गुण १८ २०७७Mar 02 2021

images

राष्ट्रिय परीक्षा बोर्ड : "कक्षा १२ को नतिजा आज सार्वजनिक गर्दै"

राष्ट्रिय परीक्षा बोर्ड : "कक्षा १२ को नतिजा आज सार्वजनिक गर्दै"

सोमवार, माघ १९ २०७७

  • 817
    SHARES

  • राष्ट्रिय परीक्षा बोर्ड : "कक्षा १२ को नतिजा आज सार्वजनिक गर्दै"

    काठमाडौं, माघ  । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्दै छ । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले आज नतिजा सार्वजनिक गर्ने जानकारी दिए । त्यसका लागि अहिले परीक्षा बोर्डको बैठक बसिरहेको छ ।

    कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिरबाट सुरु भएको थियो ।

    परीक्षामा देशभरबाट चार लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए । बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो ।

    थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित हुने छ ।

    सोमवार, माघ १९ २०७७१०:२१:२४

    डेमो खबर

    सम्बन्धित समाचार