Logo

मंगलवार, फाल्गुण १८ २०७७Mar 02 2021

images

शालीनदी : भक्तजनकाे भीड , तस्बिरमा

शालीनदी : भक्तजनकाे भीड , तस्बिरमा

बिहिवार, माघ १५ २०७७

  • 1.2K
    SHARES

  • शालीनदी :  भक्तजनकाे भीड ,  तस्बिरमा

     

    साँखु (काठमाडौँ), माघ  ।  हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि शुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

    माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले पूजाको विधि, पूजामा चाहिने सामग्री तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण जानकारी दिइसकेको छ । हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ ।

    बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रतकथा सुन्ने सुनाउने परम्परा छ ।

    माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले माघ १५ गतेदेखि एक महिनासम्म चल्ने शालीनदी मेलाका लागि कोभिड–१९ को महामारीका कारण मापदण्ड र कार्यविधि बनाएर मेला सञ्चालन गरेको हो । स्वस्थानी व्रतका लागि बिहीबार शालीनदीमा भक्तजनहरूकाे भीड लागेकाे छ । 

     

     
     
    तस्बिर  : सागर 
     
     

    बिहिवार, माघ १५ २०७७०८:०७:१४

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार