Logo

मंगलवार, फाल्गुण १८ २०७७Mar 02 2021

images
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा बहस

न्यायाधीश सपना प्रधान मल्लकाे वकीललाइ प्रश्न : " इन्टेन्सन' के मा हेर्ने ? "

न्यायाधीश सपना प्रधान मल्लकाे वकीललाइ प्रश्न : " इन्टेन्सन' के मा हेर्ने ? "

सोमवार, माघ १२ २०७७

  • 685
    SHARES

  • न्यायाधीश सपना प्रधान मल्लकाे वकीललाइ  प्रश्न   :  " इन्टेन्सन'  के मा हेर्ने ? "

    काठमाडौं, माघ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा वकिलहरुले संविधानसभाका अध्यक्ष र सदस्यको अभिव्यक्तिको जिकिर गरेपछि न्यायाधीशले संविधानको मनसाय के मा हेर्ने भनेर प्रश्न गरेका छन् ।

    सभाध्यक्ष सुवास नेम्वाङ र संविधानसभाका सदस्य अग्नि खरेलले प्राधनमन्त्रीले सनकको भरमा प्रतिनिधिसभा विघटन गर्न नपाइने व्यवस्था गरेको भनेर केही पहिले दिएको अभिव्यक्ति ५ पुसमा प्रतिनिधिसभा भंग भएपछि भाइरल भएको थियो ।

    नेम्वाङ ओली समूहमा छन् भने खरेल महान्यायाधिवक्ता समेत हुन् र प्रतिनिधिसभा विघटनको बचाउमा बहस गर्दैछन् ।

    प्रतिनिधि विघटन असंवैधानिक भएको भन्दै बहस गरेका वकिलहरुले नेम्वाङ र खरेलको पुरानो अभिव्यक्ति र लेखहरुको जिकिर गर्दै आएका छन् ।

    सोमबार संवैधानिक इजलासमा बहस गरिरहेका अधिवक्ता मेघराज पोखरेललाई न्यायाधीश सपना प्रधान मल्लले प्रश्न गरिन्, ‘इन्टेन्सन -मनसाय) के मा हेर्ने ? भीडलाई हेर्ने कि संविधान हेर्ने कि बाहिर बोलेका कुरा हेर्ने ?’

    सपनाले सभाध्यक्षको कुरा आयो, अग्निजीको कुरा आयो भन्दै उनले सोधिन्, ‘बाहिर बोलेको, आर्टिकलमा लेखेको कुराले -संविधानको) इन्टेन्सन झल्काउँछ र ?’ जवाफमा अधिवक्ता पोखरेलले इस्यू आउनुभन्दा अगाडि बोलेको कुरालाई प्रमाणको रूपमा लिन सक्ने बताए ।

    सोमवार, माघ १२ २०७७०२:१७:५८

    डेमो खबर

    सम्बन्धित समाचार