Logo

मंगलवार, माघ १३ २०७७Jan 26 2021

images
नेपाली कांग्रेस

कांग्रेस सभापति देउवाले भने : "अदालतले विवेक प्रयोग गर्न पाउनुपछ "

कांग्रेस सभापति देउवाले भने : "अदालतले विवेक प्रयोग गर्न पाउनुपछ "

बिहिवार, माघ १ २०७७

  • 649
    SHARES

  • कांग्रेस सभापति  देउवाले भने : "अदालतले विवेक प्रयोग गर्न  पाउनुपछ "

    पर्वत, माघ ।  कांग्रेस सभापति शेरबहादुर देउवाले अदालतलाई आफ्नो विवेक प्रयोग गर्न वञ्चित गराउने, प्रभावित पार्ने ढंगले कसैले पनि अभिव्यक्ति दिन नहुने बताएका छन् ।

    पर्वतको फलेबास नगरपालिका–शंकरपोखरीमा सहिद हरिदत्त तिवारीको १८ औं स्मृति सभालाई बिहीबार सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री, राष्ट्रपतिले अदालतलाई प्रभावित पार्न खोजेको भन्दै आपत्ति जनाए ।

    ‘अदालतलाई निर्देशन दिन प्रधानमन्त्रीले पाउँछ ? राष्ट्रपतिले पाउँछ ? प्रधानमन्त्रीज्यूले सडकमा बहस गर्दै हिँड्नुभएको छ । अदालतमै वकिल राखेर बहस गर्नुस् । किन सडकमा बहस गर्दै हिँड्नुभएको छ ?’

    सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका बारेमा बोल्न नमिल्ने भन्दै देउवाले ओली त्यसको खिलापमा उत्रिएको आरोप लगाए । ‘अदालतमा विचाराधीन मुद्दामा ओलीले यो गर र त्यो गर भन्दै हिँडेका छन् ।

    संविधानको व्याख्या गर्ने अधिकार अदालतको हो ।’ अदालतलाई प्रभावमा पार्न खोजेमा त्यसको हिसाबकिताब जनताले गर्ने उनको दाबी छ । ‘सर्वोच्चभन्दा ठूलो अदालत जनता हुन् । सर्वोच्चलाई प्रभावित पार्न खोजे जनताले सजाय दिनेछन् ।’

    देउवाले कांग्रेस विधिको शासन मान्ने र संस्कार बोकेको पार्टी भएकोले सडकबाट अदालतको विरोध नगर्ने रअदालतको निर्णयको पर्खाइमा रहेको बताए ।

    पछिल्लो समय अदालतले प्रतिनिधिसभा विघटनको मुद्दालाई सदर गरेको खण्डमा वैशाखमा निर्वाचन नहुने आशंका बढेकोप्रति कटाक्ष गर्दै देउवाले यदि त्यसो हुन नसके प्रधानमन्त्री ओली देशमा बस्नै नसक्ने अवस्था आउने बताए ।

    ‘प्रतिनिधिसभा विघटनको मुद्दा सदर भयो र वैशाखमा निर्वाचन भएन भने जनताले अब ओलीलाई छोड्दैनन् । उनी यो देशमा बस्न सक्ने स्थिति रहँदैन ।’

    बिहिवार, माघ १ २०७७०६:२३:०३

    डेमो खबर

    सम्बन्धित समाचार