Logo

मंगलवार, माघ १३ २०७७Jan 26 2021

images

मुख्यमन्त्रीको कार्यालय अगाडि विद्यार्थीहरुको विरोध प्रदर्शन

मुख्यमन्त्रीको कार्यालय अगाडि विद्यार्थीहरुको विरोध प्रदर्शन

बुधवार, पौष २९ २०७७

  • 329
    SHARES

  • मुख्यमन्त्रीको कार्यालय अगाडि विद्यार्थीहरुको विरोध प्रदर्शन

    काठमाडौं, पुस । प्रतिनिधिसभा विघटन गरिएको विरोधमा बुटवलमा विरोध प्रदर्शन गरिएको छ । अनेरास्ववियु रुपन्देहीको आयोजनामा बुधबार लुम्बिनी प्रदेशको कार्यालय अगाडी विरोध प्रदर्शन गरिएको हो ।

    प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले असंवैधानिक कदम राखेज गनुपर्ने, सगरमाथाको बिषयमा भ्रमात्मक प्रचार गर्ने भारतीय मडिया जि न्युज नेपालमा बन्द गर्नुपर्ने, सरकारले महङ्गी नियन्त्रण गर्नुपर्ने माग गरेका छन् ।

    अनेरास्ववियुका केन्द्रीय सदस्य अनुप पोखरेलले प्रदर्शनपश्चात् आयोजित कोणसभामा बोल्दै प्रधानमन्त्रीले जनमतको अपमान गरी संविधान विघटन गरेको आरोप लगाए । उनले प्रधानमन्त्री केपी शर्मा ओली भारतीय ईशारामा चलेको विभिन्न घटनाक्रमहरुले पुष्टी गरेको दाबी गरे ।

    नेपाली जनताले तिरेको करवाट बालुवाटारमा भोज खाएका भारतीय जि न्युजका पत्रकार सुधीर चौधरीले सगरमाथा बेस क्याम्पमा पुगेर फेरि एकपट नेपाल र नेपालीको स्वाधिनतामाथि आक्रमण गरेको आरोप प्रदर्शनकारीले लगाएका थिए ।

    बुधवार, पौष २९ २०७७१२:५२:२८

    डेमो खबर

    सम्बन्धित समाचार