Logo

शनिवार, माघ १० २०७७Jan 23 2021

images

कोराना खोप : " नेपाललाई रसियाले ‘स्पुतनिक भी’ उपलब्ध गराउन तयार"

कोराना खोप : " नेपाललाई रसियाले ‘स्पुतनिक भी’ उपलब्ध गराउन तयार"

बुधवार, पौष २९ २०७७

  • 497
    SHARES

  • कोराना खोप  : " नेपाललाई  रसियाले  ‘स्पुतनिक भी’ उपलब्ध गराउन तयार"

    काठमाडौं, पुस  । रसियाले आफूले उत्पादन गरेको कोराना खोप ‘स्पुतनिक भी’ सकेसम्म छिटो नेपाललाई उपलब्ध गराउन तयार रहेको बताएको छ ।

    अन्तराष्ट्रिय समाचार संस्था रोयर्टर्सका अनुसार,  रसियाको विदेश मन्त्रालयलाई उद्धृत गदै २५ मिलियन (२ करोड ५० लाख) डोज खोप उपलब्ध गराउन तयार रहेको उल्लेख गरेको छ ।

    केही महिनायता रसियाले आफू नेपाललाई खोप उपलब्ध गराउन तयार रहेको बताइरहेको छ । केही दिन अगाडि स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले पनि भारत, चीन, रसियालगायतका मुलुकसँग खोपको बारेमा कुराकानी भइरहेको बताएका छन् ।

    काठमाडौंस्थित रसियाली राजदूतावास पनि नेपाललाई खोप उपलब्ध गराउन लागिपरेको छ । नेपाल सरकारले भारतबाट जी टु जी प्रक्रियामार्फत् खोप ल्याउने तयारीसमेत गरेको छ ।

    बुधवार, पौष २९ २०७७०९:५४:४०

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार