Logo

मंगलवार, माघ १३ २०७७Jan 26 2021

images

ट्रम्पद्वारा वासिङ्टन डिसीमा १५ दिन संकटकाल लगाउन स्वीकृति

ट्रम्पद्वारा वासिङ्टन डिसीमा १५ दिन संकटकाल लगाउन स्वीकृति

मंगलवार, पौष २८ २०७७

  • 837
    SHARES

  • ट्रम्पद्वारा वासिङ्टन डिसीमा १५ दिन संकटकाल लगाउन स्वीकृति

    एजेन्सी, पुस  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी वासिङ्टन डिसीमा १५ दिन संकटकाल लगाउने मेयरको निर्णयमा हस्ताक्षर गर्दै स्वीकृति दिनुभएको छ ।

    गत हप्ता ट्रम्प समर्थकले क्यापिटल हिल आक्रमण गर्नेबित्तिकै वासिङ्टन शहरका मेयरले शहरमा १५ दिन संकटकाल लगाउने निर्णय गर्नुभएको थियो । ट्रम्प समर्थकले संसद भवनमा क्यापिटल हिलमा छिरेर त्यहाँ तोडफोड र आगजनी गरेका थिए ।

    सम्भावित हिंसा भड्किन नदिन संकटकाल लगाइएको अधिकारीहरुको भनाइ छ । संकटकाल लगाइएसँगै त्यहाँको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । घटनामा १ महिलासहित ५ को मृत्यु भएको छ ।

    ३० जनवरीमा अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको राष्ट्रपतिको रूपमा सपथ ग्रहण गर्नुहुनेछ । डोनाल्ड ट्रम्पको कार्यकाल सकिन अब मात्र ८ दिन छ । तर, उनी राष्ट्रपति हुनु राष्ट्रकै लागि घातक भएको भन्दै सांसदहरू हटाउन लागिरहेका छन् । उनीविरुद्ध मंगलबार महाअभियोग प्रस्ताव दर्ता भइसकेको छ ।

    यसअघि पनि उनिमाथि महाअभियोग प्रस्ताव दर्ता भएको थियो । संसदको माथिल्लो सदन सिनेटले अस्वीकृत गरिदिएको थियो । अमेरिकामा महाअभियोग प्रस्ताव पास हुनको लागि सिनेटका दुईतिहाइ सांसदले अनुमोदन गर्नुपर्छ ।

    मंगलवार, पौष २८ २०७७०२:४८:१९

    डेमो खबर

    सम्बन्धित समाचार