काठमाडौं, पुस । नेपालमा कोरोना भाइरसका ४१९ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा पाँच हजारको आरटीपीसीआर परीक्षण गरिएकोमा ४१९ मा सङ्क्रमणको पुष्टि भएको हो ।
मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६१ ह्जार ४३८ मा भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ । हाल पाँच हजार ७११ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
पछिल्लो चौबीस घण्टामा ७५० कोभिड सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ५३ हजार ८५७ सङ्क्रमित निको भएका छन् ।
मन्त्रालयले हालसम्म १९ लाख ४२ हजार ७०२ को आरटीपीसीआर परीक्षण गरिएको उल्लेख गरेको छ । पछिल्लो चौबीस घण्टामा छ सङ्क्रमितको मृत्यु भएको छ ।
उक्त संख्यासँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुने एक हजार ८७० पुगेको छ । हाल ३६७ क्वारेन्टिनमा र पाँच हजार ७११ आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।