Logo

शनिवार, माघ १० २०७७Jan 23 2021

images

वाग्मती प्रदेश : " प्रदेशसभा बैठक माघ ७ मा "

वाग्मती प्रदेश : " प्रदेशसभा बैठक माघ ७ मा "

शुक्रवार, पौष १७ २०७७

  • 637
    SHARES

  • वाग्मती प्रदेश : " प्रदेशसभा  बैठक माघ ७ मा "

    काठमाडौं, पुस । वाग्मती प्रदेशको प्रदेशसभा बैठक माघ ७ मा बस्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको सातौं अधिवेशन माघ ७ गते दिउँसो ३ बजे बोलाउन प्रदेश प्रमुखलाइ  पत्राचार गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिए ।

    मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध आफ्नै दल नेकपाको दाहाल–नेपाल समूहबाट प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रदेशसभाको सातौं अधिवेशनको विषय अन्योलमा परेको थियो ।

    बजेट अधिवेशन सकिएसँगै साउन ८ गते प्रदेशसभाको छैटौं अधिवेशन स्थगित गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली समूहका मुख्यमन्त्री पौडेलविरुद्ध दाहाल–नेपाल समूहका ४५ सांसदले पुस १० गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

    आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने डरले मुख्यमन्त्री पौडेलले लामो समयदेखि प्रदेशसभाको बैठक बोलाएका थिएनन् ।

    कानुनी व्यवस्था अनुसार एउटा अधिवेशन सकिएको ६ महिनाभित्र अर्को अधिवेशन सुरु गर्नुपर्ने बाध्यता अनुसार बैठक बोलाइएको हो ।

     

    शुक्रवार, पौष १७ २०७७०१:२५:१४

    डेमो खबर

    सम्बन्धित समाचार