काठमाडौं, पुस । गायिका बसन्ता प्रकृतीको स्वरमा रहेको राष्ट्रभावको गीत “कलकल बग्ने”को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
दिपक शर्माको शव्द तथा संगीतमा रहेको गीतको म्यूजिक भिडियो निर्देशन सन्तोष जिविले गरेका छन् ।
राष्ट्र र राष्ट्रियता भाव प्रकट गरिएको गीतको भिडियोमा रेश्मा घिमिरेलाई फिचर गरिएको छ ।
समिर थोकरको कोरियोग्राफी रहेको भिडियोमा चेतन घिमिरे, सभ्यता घिमिरे, छाँया दर्नाल, सासा पौडेल, रितुस्मा केसी, सन्जु गान्धारी, अनुसा शाही र आरोही गान्धारीलाई देख्न सकिन्छ ।
आमोश तामाङको संगित संयोजन रहेको गीतको भिडियोको सम्पादन अविनाश डिसीले गरेका छन् भने छायाँकन डेनिश खनालको छ ।
गीतलाई ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ ।