काठमाडौँ, मंसिर । नेपाल राष्ट्र बैंकबाट क वर्गको अनुमति प्राप्त गरी २०६७ मंसिर १० देखि कारोबार संचालन गर्दै आईरहेको सिभिल बैंक आज एघार वर्षमा प्रवेश गरेको छ ।
सबैले आफ्नो जिम्मेवारी निर्वाह गरेमा उत्कृष्ठ समाजको निर्माण गर्न सकिने विश्वासका साथ वार्षिकोत्सवको अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको लागि एक नयाँ नारा “म एक जिम्मेवार सिभिलियन” सहित हाल बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको महामारीलाई ध्यानमा राख्दै निम्नानुसारको विविध संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुको आयोजना गरी दशौंं वार्षिकोत्सव मनाएको छ ।
बैंकले गरेका सामाजिक उत्तरदायित्वका कार्यक्रमः
दशौंं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित ध्भ्द्यक्ष्ल्ब्च् कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकले विगत १० वर्षमा हासिल गरेको उपलब्धीहरु प्रस्तुत गर्नुभएको थियो भने बैंक संचालक समितिका अध्यक्ष ई.ईच्छाराज तामाङले सो उपलब्धी हासिल गर्न सहयोग गर्नु हुने सम्पूर्ण ग्राहक महानुभाव, नियमनकारी निकाय, पत्रकार÷मिडियाकर्मी मित्र, शेयरधनी तथा प्रबद्र्धक मित्र तथा अन्य सम्पूर्ण शुभचिन्तक महानुभावप्रति हार्दिक धन्यवाद सहित कृतज्ञता ज्ञापन गर्नु भएको थियो ।