Logo

शनिवार, माघ ३ २०७७Jan 16 2021

images

सुन्दरहरैचाका जनप्रतिनिधिले गरे आफनो जन्मदिनमा न्यानो कपडा वितरण

सुन्दरहरैचाका जनप्रतिनिधिले गरे आफनो जन्मदिनमा न्यानो कपडा वितरण

बुधवार, मंसिर १० २०७७

  • 453
    SHARES

  • सुन्दरहरैचाका जनप्रतिनिधिले गरे  आफनो जन्मदिनमा  न्यानो कपडा वितरण

     

    इटहरी, मंसिर । बढ्दै गरेको चिसो मौषममा न्यानो लुगा किनेर लगाउन नसक्ने बालबालिकालाई मोरगंको सुन्दरहरैचा नगरपालिकाका एक जनप्रतिनिधिले आफनो जन्मदिनको अवसर पारेर न्यानो कपडा वितरण गरेका छन ।
    सुन्दरहरैचा वडा नम्बर ६का वडा सदस्य डम्वर थापा मगरले आफनो जन्मदिनको अवसर पारेर ३०  बालबालिकालाई न्यानो कपडा वितरण गरेका हुन ।
    मंसीर लागेयतादेखि  पूर्वी तराईमा जाडो दिनप्रतिदिन बढी रहेकोतर्फ मध्यनजर गर्दै आफनो जन्मदिनको अवसर पारेर बालबालिकालाई न्यानो कपडा वितरण गरेको थापाले वताए ।
    जन्मदिन मनाउदा भोज गरेर खर्च गर्नुभन्दा सामाजिक काममा खर्च गर्नुपर्नेमा जोड दिदै आफु विभिन्न किसिमका सामाजिक कार्यमा आफुलगायत साथीहरुले खर्च गर्ने गरेको  थापाले जानकारी दिए । थापाले आफनो वडाका विपन्न परिवारका बालबालिकालाई ज्याकेट वितरण गरेका थिए ।

    बुधवार, मंसिर १० २०७७०६:५३:१५

    कोकिला भण्डारी

    सम्बन्धित समाचार