Logo

बिहिवार, मंसिर १८ २०७७Dec 03 2020

images

काठमाडौं महानगरपालिका : ' आइतबारदेखि स्वाब संकलन गर्ने '

काठमाडौं महानगरपालिका : ' आइतबारदेखि स्वाब संकलन गर्ने '

शनिवार, मंसिर ६ २०७७

  • 437
    SHARES

  • काठमाडौं महानगरपालिका : ' आइतबारदेखि स्वाब संकलन गर्ने '

     

    काठमाडौं, मंसिर। काठमाडौं महानगरपालिकाले भोलि आइतबारदेखि स्वाब संकलन शुरु गर्ने भएको छ । निःशुल्क पीसीआर परीक्षणका लागि सरकारी मापदण्डमा परेकाको स्वाब संकलन गर्न लागिएको मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए ।

    सरकारले आफ्नै खर्चमा पीसीआर टेष्ट गर्नुपर्ने निर्णय गरेपछि महानगरले स्वाब संककलन नै रोकेको थियो । अहिले सरकारले आफ्नो निर्णय सच्याएको छ र लक्षण भएकाको सरकारी ल्याबमा निःशुल्क टेष्ट गर्ने बताएको छ ।

    महानगरले पनि कन्ट्याक ट्रेसिङमा परेका लक्षण भएकाहरुको स्वाब संकलन सुरु गर्न लागेको छ । शनिबार एक कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मेयर शाक्यले परीक्षणको दायरा फराकिलो बनाउने लागिएको बताए ।

    साथै कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र जेष्ठ नागरिकहरुको स्वाब संकलन गर्न मोवाइल भ्यान सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए ।

    मेयर शाक्यले उपत्यकामा बढिरहेको कोरोना संक्रमणको चक्र तोड्न प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए । भिडभाड नियन्त्रण गर्न उपत्यका नगरपालिका फोरमले कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई सुझाव दिइसकेको भन्दै उनले त्यसअनुसार सरकारले निर्णय हुने विश्वास व्यक्त गरे ।

    शनिवार, मंसिर ६ २०७७०५:०७:३१

    डेमो खबर

    सम्बन्धित समाचार