Logo

बिहिवार, मंसिर १८ २०७७Dec 03 2020

images
नेकपा विवाद :

कर्णालीमा ‘जबज’ को पक्षमा आज बृहत भेला हुँदै, पाँच सयलाई निम्तो

कर्णालीमा ‘जबज’ को पक्षमा आज बृहत भेला हुँदै, पाँच सयलाई निम्तो

शनिवार, मंसिर ६ २०७७

  • 965
    SHARES

  • कर्णालीमा ‘जबज’ को पक्षमा आज बृहत भेला हुँदै, पाँच सयलाई निम्तो

    काठमाडौं, मंसिर ।  सत्तारुढ नेकपाका दुई अध्यक्ष वारपारको लडाइँमा उत्रिएका बेला कर्णालीमा पूर्व एमालेले आत्मसाथ गरेको विचार जनताको बहुदलीय जनवाद (जबज) का पक्षमा शनिबार दिउँसो १२ बजे देखि भेला हुँदैछ।

    पाँच सयजनालाई निमन्त्रणा गरिएको भेलाको नाम ‘स्वागत तथा प्रदेश भेला’ राखिएको छ। निमन्त्रणा पत्रको नारामा भनएिको छ–जनताको बहुदलीय जनवाद–जिन्दावाद।

    भेला आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी कर्णाली प्रदेशकी सचिव हेमा खड्काले खेलाडीलाई सम्मान गर्ने र नेकपाको परिस्थिति अनुसार जबजबारे छलफल पनि गर्ने गरि भेला आयोजना गरेको बताइन्।

    भेलामा प्रमुख अतिथिका रुपमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल सामेल हुँदै छन्। विशेष अतिथिका रुपमा मदन भण्डारी स्पोट्स एकेडेमी एकेडेमीको केन्द्रीय उपाध्यक्ष धुब्र आचार्य सामेल हुँदैछन्।

    यस्तै मदन भण्डारी फाउण्डेसनको बुटवल उपमहानगरपालीको अध्यक्ष, मदन भण्डारी स्पोटर््स एकेडेमीको फुटवल विभाग प्रमुख र मदन भण्डारी स्पोर्टस् एकेडेमी बुटवल जिल्ला अध्यक्ष सामेल हुँदैछन्।

    भेलामा सामेल सबै अतिथिले जबजका पक्षमा बोल्ने छन्। नेकपाका युवा नेता र खेलप्रेमीलगायत सामेल हुने भेला वीरेन्द्रनगरको घण्टाघरस्थित सभाहलमा हुँदैछ।

     

    शनिवार, मंसिर ६ २०७७११:४३:३७

    डेमो खबर

    सम्बन्धित समाचार