Logo

बिहिवार, मंसिर १८ २०७७Dec 03 2020

images

विनाअक्सिजन एक्लै सगरमाथा चढ्ने भारतीय नागरिकको घोषणा

विनाअक्सिजन एक्लै सगरमाथा चढ्ने भारतीय नागरिकको घोषणा

शनिवार, मंसिर ६ २०७७

  • 325
    SHARES

  • विनाअक्सिजन एक्लै सगरमाथा चढ्ने भारतीय नागरिकको घोषणा

    काठमाडौं, मंसिर ।  भारतको उत्तरप्रदेशका २७ वर्षीय युवक अर्जुन वाजपईले आगामी मे महिनामा विनाअक्सिजन एक्लै विश्वको सर्वाेच्च शिखर सगरमाथा चढ्ने घोषणा गरेका छन् ।

    १० वर्ष पहिला सबैभन्दा कम उमेरमा सगरमाथाको आरोहण गर्ने भारतीय नागरिकको पहिचान बनाएका उनले फेरि सगरमाथा चढ्ने योजना बनाएका हुन् ।

    त्यतिबेला उनी १६ वर्षका थिए र एउटा आरोहण दलको सदस्यको रुपमा सगरमाथा चढेका थिए । यस अगाडि उनले नेपालका झण्डै आधा दर्जन हिमालको आरोहण गरिसकेका छन् ।

    ‘कोभिड–१९ का कारण मैले यस वर्षको लागि निर्धारित सबै कार्यक्रम अर्काे वर्षको लागि सार्नु परेको छ । म सफल भएँ भने एक्लै सगरमाथा चढ्ने म पहिलो भारतीय नागरिक हुनेछु,’ उनले द हिन्दुस्तान टाइम्स पत्रिकासँग भनेका छन् ।

    एक्लै चढ्नका लागि नेपालले अनुमति नदिए चीन तर्फबाट सगरमाथा चढ्ने उनको योजना छ ।

    शनिवार, मंसिर ६ २०७७११:३८:५५

    डेमो खबर

    सम्बन्धित समाचार