Logo

बुधवार, मंसिर १० २०७७Nov 25 2020

images

मोरङमा १६ जना जुवाडे पक्राउ

मोरङमा १६ जना जुवाडे पक्राउ

शनिवार, मंसिर ६ २०७७

  • 357
    SHARES

  • मोरङमा १६ जना जुवाडे पक्राउ

    काठमाडौं, मंसिर ।  मोरङको रतुवामाई नगरपालिका-८ बाट तास तथा जुवा खेलिरहेका १६ जना पक्राउ परेका छन्।

    शुक्रबार राति साढे ११ बजे स्थानीय सागर गड्तौलाको घरमा जुवा तास खेलिरहेकाहरूलाई प्रहरीले पक्राउ गरेको हो।

    विषेश सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नगद १ लाख ६९ हजार ६९५ सहित उनीहरूलाई पक्राउ गरेको प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए। 

    उनीहरूको साथबाट कौडा १६ थान, एक बुङ तास, मोबाइल १६ थान, मोटरसाइकल १९ वटा  र दुई वटा कार बरामद भएको खड्काले बताए।

    पक्राउ पर्नेमा रतुवामाई नगरपालिका-७ डिल्लीराम चौलागाईं, मोती पौडेल,   रामनाथ मैनाली, देवीप्रसाद प्रसाईं,  रामनाथ नेपाल, हेमलाल प्रसाईं, नारायण चुँडाल रहेका छन्।

    यस्तै, रतुवामाई नगरपालिका-८ का सन्तबहादुर राई, सागर गड्तौला, दीपक ढुङ्गाना, देवराज घिमिरे, अशोक भट्टराई,  राजन हस्ता सतार, गोपी पराजुली, रविन पोखरेल र बेलबारी नगरपालिका-७ का गणेश श्रेष्ठ  छन्। 

    पक्राउ परेकालाई जुवा ऐन अन्तर्गत कारबाही थालिएको प्रहरी उपरीक्षक खड्काले बताए।

    शनिवार, मंसिर ६ २०७७११:३५:२९

    डेमो खबर

    सम्बन्धित समाचार