Logo

बुधवार, मंसिर १० २०७७Nov 25 2020

images

पुनः मतगणना गरिएको जर्जियामा बाइडेन विजयी

पुनः मतगणना गरिएको जर्जियामा बाइडेन विजयी

शनिवार, मंसिर ६ २०७७

  • 429
    SHARES

  • पुनः मतगणना गरिएको जर्जियामा बाइडेन विजयी

    काठमाडौं, मंसिर । अमेरिकाको जर्जिया राज्यमा पुनः गरिएको मतगणनामा राष्ट्रपतिमा डेमोक्रेट पार्टीका उम्मेदवार जो बाइडेन विजयी भएको आधिकारिक रुपमा घोषणा गरिएको छ ।

    बाइडेन १२ हजार ६ सय ७० मत प्राप्त गरी सो राज्यमा विजयी हुनुभएको हो । जितसँगै बाइडेनले उक्त राज्यबाट १६ निर्वाचक प्रतिनिधि (इलेक्टोरल मत) प्राप्त गर्नु भएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतगणनामा धाँधली भएको आरोप लगाएपछि त्यहाँ हातैले पुनः मतगणना गरिएको हो । जर्जियामा सन् १९९२ पछि पहिलो पटक डेमोक्रेट उम्मेदवार बाइडेन विजयी हुनु भएको हो ।

    सन् १९९२ मा यहाँबाट बिल क्लिन्टनले विजय हासिल गर्नु भएको थियो । बाइडेन पेन्सिल्भेनिया, मिचिगन र विस्कन्सिन राज्यमा विजयी भएसँगै गत नोभेम्बर ७ मै अनौपचारिक रुपमा विजयी घोषणा गरिएको छ ।

    जोर्जियाको मत परीणाम आएसँगै बाइडेनले ३ सय ६ इलेक्टोरल मत प्राप्त गर्नु भएको छ । राष्ट्रपति ट्रम्पको भने २ सय ३२ मत छ । अमेरिकाको राष्ट्रपतिमा विजयी हुन २ सय ७० मत आवश्यक हुन्छ ।एजेन्सी)

    शनिवार, मंसिर ६ २०७७११:३३:०६

    डेमो खबर

    सम्बन्धित समाचार