Logo

बुधवार, मंसिर १० २०७७Nov 25 2020

images
कोरोना कहर:

विश्वभर ४ करोड कोरोना संक्रमित निको भए, कुन देशमा कति संक्रमित र मृत्यु ?

विश्वभर ४ करोड कोरोना संक्रमित निको भए, कुन देशमा कति संक्रमित र मृत्यु ?

शनिवार, मंसिर ६ २०७७

  • 225
    SHARES

  • विश्वभर ४ करोड कोरोना संक्रमित निको भए,  कुन देशमा कति संक्रमित र मृत्यु ?

    काठमाडौं, मंसिर । कोरोनाभाइरसका कारण हालसम्म विश्वका धरै देशहरु प्रभावित भइरहेका छन् ।

    विश्वका विभिन्न देशमा हरेक दिन कोरोनाको संक्रमणबाट ज्यान गुमाउने र संक्रमितको संख्या बढ्दै गइरहेको छ ।  तर कोरोना संक्रमित निको पनि हुँदै गइरहेका छन् । 
     
    वर्ल्डोमिटर्सको तथ्यांक अनुसार हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ७९ लाख ९ हजार ९ सय ९१ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ लाख ७७ हजार ७ सय ४५ पुगेको छ । 

    त्यस्तै हालसम्म विश्वमा ४ करोड १ लाख ८ हजार २ सय ५९ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् । त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट २ लाख ६० हजार २ सय ८३ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १ करोड २२ लाख ७४ हजार ७ सय २७ पुगेको छ ।  त्यसैगरी निको हुनेको संख्या ७३ लाख १६ हजार ३ सय २३ पुगेको छ । 

    त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या १ लाख ६८ हजार ६ सय ६२ पुगेको छ भने संक्रमितको संख्या ६० लाख २० हजार १ सय ६४ पुगेको छ । निको हुनेकोको संख्या ५४ लाख २२ हजार १ सय २ रहेको छ । 

    Capture.PNG

    त्यस्तै अर्को देश रसियामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ हजार ३ सय ११ पुगेको छ भने संक्रमितको संख्या २० लाख ३९ हजार ९ सय २६ पुगेको छ । निको हुनेको संख्या भने १५ लाख५१ हजार ४ सय १४ पुगेको छ । 

    शनिवार, मंसिर ६ २०७७११:०६:१०

    डेमो खबर

    सम्बन्धित समाचार