Logo

बुधवार, मंसिर १० २०७७Nov 25 2020

images

देशभरको मौसम कस्तो रहन्छ?

देशभरको मौसम कस्तो रहन्छ?

शनिवार, मंसिर ६ २०७७

  • 241
    SHARES

  • देशभरको मौसम कस्तो रहन्छ?

    काठमाडौं, मंसिर । पहाडी क्षेत्रमा आंशिक बदली भए पनि अरु क्षेत्रको मौसम शनिबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नभए पनि स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रमा आंशिक बदली भएको हो ।

    हाल देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ। अन्य भू–भागमा मौसम सामान्यता सफा रहेको महाशाखाले जनाएको छ ।

    शनिबार दिउँसो प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ ।

    देशका अरु क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    यस्तै राति प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ ।

    देशका अरु क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

    शनिवार, मंसिर ६ २०७७११:०४:५६

    डेमो खबर

    सम्बन्धित समाचार