Logo

बुधवार, मंसिर १० २०७७Nov 25 2020

images

महिला टी-ट्‌वान्टी विश्‍वकप एक वर्षपछि सर्‍यो

महिला टी-ट्‌वान्टी विश्‍वकप एक वर्षपछि सर्‍यो

शुक्रवार, मंसिर ५ २०७७

  • 221
    SHARES

  • महिला टी-ट्‌वान्टी विश्‍वकप एक वर्षपछि सर्‍यो

    काठमाडौँ, मङ्सिर  ।  आईसीसी महिला विश्‍वकप एक वर्षपछि सरेको छ । सन् २०२२ मा हुने भनिएको आईसीसी महिला टी-ट्‌वान्टी विश्‍वकप क्रिकेट एक वर्षपछि सरेको हो ।

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बोर्ड बैठकले २०२२ को विश्वकप एक वर्षपछि सार्ने निर्णय गरेको हो । अब महिला विश्‍वकप सन् २०२३ मा दक्षिण अफ्रिाकामा हुनेछ ।

     

    विश्वकप २०२३ को फेब्रुअरी ९ देखि २६ सम्म हुनेछ । यसअघि महिला विश्‍वकप २०२२ को अन्तिममा हुने बताइएको थियो । महिला टी-ट्‍‌वान्टी विश्‍वकप हालसम्म अस्ट्रेलियाले सर्वाधिक पाँचपटक जितेको छ ।

    अस्ट्रेलियाले अन्तिमपटक सन् २०२० मा महिला विश्वकपको उपाधि उचालेको हो ।

    शुक्रवार, मंसिर ५ २०७७०२:४४:२५

    डेमो खबर

    सम्बन्धित समाचार