Logo

बुधवार, मंसिर १० २०७७Nov 25 2020

images

भारतमा जीप र ट्रक जुध्यो, ६ बालबालिकासहित १४ को मृत्यु

भारतमा जीप र ट्रक जुध्यो, ६ बालबालिकासहित १४ को मृत्यु

शुक्रवार, मंसिर ५ २०७७

  • 101
    SHARES

  • भारतमा जीप र ट्रक जुध्यो, ६ बालबालिकासहित १४ को मृत्यु

    काठमाडौँ, मङ्सिर  । भारत उत्तरप्रदेश राज्यको प्रतापगढ जिल्लामा गएराति सवारी दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमध्ये ६ जना बालबालिकासमेत रहेको प्रहरीले जनाएको छ । शेखपुरा गाउँबाट जन्ती लिएर फर्किएको जीप प्रयागराज राजमार्गमा रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    मध्यरात भएकाले चालकको कमजोरीका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । दुर्घटनामा जीप पूर्णरुपमा क्षतिग्रस्त भएको र सवार सबैको मृत्यु भएको छ ।

    यसैबीच उत्तर प्रदेशका मुख्यान्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । एजेन्सी

    शुक्रवार, मंसिर ५ २०७७११:२४:०९

    डेमो खबर

    सम्बन्धित समाचार