Logo

बुधवार, मंसिर १० २०७७Nov 25 2020

images

नेपाली क्रिकेटको एक दिवसीय मान्यता एक बर्ष थप

नेपाली क्रिकेटको एक दिवसीय मान्यता एक बर्ष थप

बुधवार, मंसिर ३ २०७७

  • 337
    SHARES

  • नेपाली क्रिकेटको एक दिवसीय मान्यता एक बर्ष थप

    काठमाडौँ,  मङ्सिर  । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको एकदिवसीय मान्यता एक बर्ष लम्बिएको छ । 

    अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले नेपालको एकदिवसीय मान्यता एक लम्बाएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । 

    नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचनपछि भएको बुधबार भएको पहिाले साधारण सभामा अध्यक्ष चतुरबहादुर चन्दले आइसिसीद्वारा नेपालको एकदिवसीय मान्यता एक बर्ष लम्बाएको जानकारी गराए । 

    भर्जुअल माध्यमबाट भएको साधारण सभामा अध्यक्ष चन्दले २०२३ सम्म नेपाल एकदिवसीय मान्यता प्राप्त टोली नै रहने जनाएका छन् । कोरोना भाइरस महामारी रुपमा रहेकाले आइसिसीले एसोसिएट राष्ट्रले प्राप्त गरेको एकदिवसीय मान्यता थप एक बर्ष थरेको हो । 

    सन् २०१८ मा जिम्बावेमा सम्पन्न एकदिवसीय विश्वकप छनोटमा एसोसिएटतर्फ उत्कृष्ट चार भित्र रही नेपालले अस्थायी रुपमा चार बर्षका लागि एक दिवसीय मान्यता प्राप्त गरेको थियो । नेपालको २०२२ मार्चसम्म एकदिवसीय मान्यता थियो । 

    जिम्बाबेमा भएको विश्वकप छनोटमा नेपालले प्ले अफमा पपुवा न्युगिनीलाई ६ विकेटले हराएको थियो । अर्को खेलमा नेदरल्यान्डले हङकङलाई ४४ रनले पराजित गर्दा नेपालले चार बर्षको लागि अस्थायी रुपमा एकदिवसीय मान्यता प्राप्त गरेको हो ।  यसअघि चार बर्षको प्रदर्शन आधारमा आइसिसीले मान्यता थप गर्ने वा नगर्ने भन्ने थियो । 

    एकदिवसीय मान्यता प्राप्त गरेको बर्षमै नेपालले नेदरल्यान्डविरुद्ध एकदिवसीय खेलमा डेब्यु गरेको थियो । नेपालले अहिलेसम्म एकदिवसीय खेलमा पाँच जित र पाँच हार सामना गरेको छ । 

    कोरोना भाइरसले आइसिसी विश्वकप लिग २ स्थगित भए पनि नेपाल यसमा सहभागि छ । अहिलेसम्म नेपालले लिगमा चार खेलमा दुई जित र हार निकालेको छ ।

    गत माघमा नेपालले घरेलु मैदान टियूमा ओमान र अमेरिकाविरुद्ध लिग २ मा प्रतिस्पर्धा गरेको थियो ।  नेपालले अमेरिकालाई दुई वटै खेलम हराएको थियो । नेपाल ओमानसँग दुवै खेलमा पराजित भयो । 

    नेपालले २०२१ को सिजनमा आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा सहभागी हुन सक्छ ।

    बुधवार, मंसिर ३ २०७७०३:४७:२८

    डेमो खबर

    सम्बन्धित समाचार