Logo

बिहिवार, मंसिर १८ २०७७Dec 03 2020

images

कोरोना भाइरस : "भारतमा थप आठ नेपालीको निधन"

कोरोना भाइरस : "भारतमा थप आठ नेपालीको निधन"

आइतवार, कार्तिक ३० २०७७

  • 361
    SHARES

  • कोरोना  भाइरस  : "भारतमा थप आठ नेपालीको निधन"

     

    काठमाडौँ, कात्तिक  । कोरोना भाइरसको कारणले विदेशमा थप आठ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार, यो साता भारतको महाराष्ट्र र चेन्नाईमा कोरोना भाइरसका कारण आठ नेपाली ज्यान गएको हो ।

    गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार, विदेशमा शनिबार साँझसम्म कोरोनाका कारण निधन हुने नेपाली सङ्ख्या २९३ पुगेको छ ।

    सङ्घका अनुसार विश्वभर ४४ देशमा अनुमानित ४५ हजार ४३९ नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये अनुमानित ४१ हजार ४३९  कोरोना सङ्क्रमणमुक्त भएका छन् । विदेशमा कोरोनामुक्त हुने नेपालीको सङ्ख्या ९१ प्रतिशत छ ।

    गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार, युके, स्पेन, अष्ट्रिया, जर्मनी, भारत, युएई, कतार र साउदी अरबमा रहेका नेपालीमा थप कोरोना सङ्क्रमण देखिएको छ ।

    यो साता नेपालमा मात्र दुई लाख ६ हजार ३५३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने तीमध्ये एक लाख ६८ हजार १२९ कोरोनामुक्त भएका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट मुक्त हुनेहरुको सङ्ख्या ८१ दशमलव पाँच प्रतिशत छ । शनिबार साँझसम्म नेपालमा एक हजार २०२ को कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।

    गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को स्वास्थ्य समितिले चाडपर्वका बेला हुने ससाना भेटघाट कम गर्न आग्रह गरेको छ । समितिका संयोजक डा सापकोटाले सोसियल डिस्ट्यान्स कायम राख्दै चाडपर्व मनाउन सबैलाई आग्रह गरेका छन ।

    आइतवार, कार्तिक ३० २०७७०५:२७:५९

    डेमो खबर

    सम्बन्धित समाचार