Logo

बिहिवार, मंसिर १८ २०७७Dec 03 2020

images

नेपाल टेलिकम : ' कालापानी क्षेत्रमा सेवा विस्तार गर्दैँ'

नेपाल टेलिकम : ' कालापानी क्षेत्रमा सेवा विस्तार गर्दैँ'

मंगलवार, कार्तिक २५ २०७७

  • 529
    SHARES

  • नेपाल टेलिकम : ' कालापानी क्षेत्रमा  सेवा विस्तार गर्दैँ'

     

    दार्चुला, कात्तिक । नेपाल टेलिकमले कालापानी क्षेत्रमा सेवा विस्तार गर्ने उद्धेश्यले जिएसएम (नमस्ते) को टावर निर्माण शुरु गरेको छ । सिडिएमए (स्काइ) टावर मात्रै सञ्चालनमा रहेको ब्यास गाउँपालिका–१ छाङ्गरु स्वास्थ्यचौकी भवन नजिकै टेलिकमले नमस्तेको टावर निर्माणका लागि जग खन्ने काम शुरु गरेको हो । टावर निर्माणका लागि १८० क्विन्टल बढी टेलिकमका टावर तथा समान ढुवानी भइरहेको छ ।

    गत आर्थिक वर्ष २०७६/०७७ मा सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा टेलिकमको लागि दुई वटा भवन निर्माण गरिएको छ । हेलिकोप्टरमार्फत टावरको समान ढुवानी शुरु भएपछि टावरका लागि चाहिने जग खन्ने काम शुरु भएको ब्यास गाउँपालिका–१ का वडाअध्यक्ष अशोकसिह बोहराले जानकारी दिए ।

    ब्यासमा बाह्रैमास बस्ने गरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म स्थापना भएपछि सञ्चारको आवश्यकता झनै बढेको छ । गृह मन्त्रालयले ब्यासको विकासका लागि विशेष प्याकेज बनाएर काम थालेसँगै टेलिकमको टावर पनि निर्माण शुरु गरिएको बताइएको छ ।

    नमस्तेको टावर जडान भएपछि भारतले अतिक्रमण गरेका तीन गाउँ, नावी, गुञ्जी र कुटीसम्म यसको पहुँच पुग्नेछ । कालापानी देखिने डाँडामै नमस्ते फोनको रिपिटर टावर राखिन लागेको टेलिकमले जनाएको छ ।

    यसअघि पनि ब्यासको छाङ्गरुमा रहेको सिडिएमए टावरले छियालेक, बुदी, गव्र्याङ्गका नागरिकलाई सहजरूपमा नेपाली फोनको सुविधा पुगेको थियो ।

    हिमपात हुनुअघि नै टावर निर्माण गरेर सञ्चालन गर्ने तयारी रहेको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताउनुभयो ।एसएम बिटिएससंगै सशस्त्र प्रहरीको भिएचएफ सञ्चार सेट पनि जडान गर्ने तयारी भएको छ ।

    सशस्त्र प्रहरीलाई खबर आदानप्रदान तथा सञ्चार गर्न समस्या भएपछि छुट्टै प्रविधिमार्फत सञ्चार जोडिन लागेको हो । सरकारले परनिर्भरता हटाउन दार्चुलाको ब्यास गाउँपालिकामा विशेष एकीकृत कार्ययोजना तयार पारेर विकास निर्माण थालेको छ ।

    मंगलवार, कार्तिक २५ २०७७०२:१९:२६

    डेमो खबर

    सम्बन्धित समाचार