Logo

बिहिवार, मंसिर १८ २०७७Dec 03 2020

images
अमेरिका – भारत सयुक्त अभियान –२ 

भारतीय सेनाध्यक्षको नेपाल भ्रमण : “अमेरिकी परामर्शमा !” 

भारतीय सेनाध्यक्षको नेपाल भ्रमण : “अमेरिकी परामर्शमा !” 

सोमवार, कार्तिक २४ २०७७

  • 1.0K
    SHARES

  • भारतीय सेनाध्यक्षको नेपाल भ्रमण :  “अमेरिकी परामर्शमा  !” 

     

    काठमाडौँ, कात्तिक । अमेरिकी विदेशमन्त्री माइक पम्पियोले दक्षिण एसियाली मुलुकहरुको भ्रमण लगत्तै भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सकिएको छ । अमेरिकी विदेश मन्त्रीको भ्रमणले दक्षिण एशियाली देशमा हलचल बढेको छ । यद्यपी उनी नेपाल आएनन् । 
    स्रोतका अनुसार, अमेरिकी विदेशमन्त्री माइक पम्पियो नेपाल आउन नचाहेका भने होइनन्, उनी आएपछि नेपालमा चीनको दवाव बढ्छ, नेपाललाई थेग्न गाह्रो हुन्छ र अमेरिकाको प्रत्यक्ष प्रभाव बढ्न थाल्छ, त्यसपछि यहाँ अराजकता उत्पन्न हुनसक्छ भन्ने परिस्थितिको आँकलन गरी नेपालमा सिधै नआएका हुन । र, भारतसँगको सम्बन्धका आधारबाट अगाडि बढ्दा अमेरिकी प्रभाव तिहमा नदेखिने भएकाले भारतलाई अगाडि सारिएको हो । 
    खासगरी नेपाल भारत सम्बन्ध गाढा बनाउनुपर्छ भन्नेमा भारतमा रक्षामन्त्री राजनाथ सिंह सकारात्मब देखिएको र त्यहाँका उच्च तह तथा प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनले नै 'कन्भिस’ गराएर भारतीय ‘रअ’ का प्रमुख र स्थल सेनाध्यक्षले नेपालको भ्रमण गरेको  स्रोतले बतायो ।
    अमेरिकाले  बिशेष गरी भारत आधार बनाई वरिपरिका यस भेगका देशमा चीनको प्रभावमुक्त बनाउ अभियान अन्तर्गत सहकार्य अघि बढेको विश्व मामिलासम्बन्धी राजनीतिक  बिश्लेषकको ब्याख्या गराई छ ।  यसको अलवा सजिलो भनेको बहाना भनेको नेपाल– भारत सम्बन्ध सुधारको र सेनासँगको परम्परागत सम्बन्ध निभाउने भन्ने नै रह्यो र सामान्यतया देखियो पनि त्यही । 
    यो भ्रमणले सीमित औपचारिकता मात्र नभई नेपाल भारबीचका सम्बन्धदेखि अब नेपालले निभाउनुपर्ने भूमिकासम्मका बिषयमा अनौपचारिक छलफल भएका र अबमा दिनमा ती बिषयले क्रमशः औपचारिकता दिदै जाने गर्दै जाने गरी छलफल भएको जनाइएको छ । 
    जसभित्र नेपाल भारत सम्बन्धलाई नयाँ शिराबाट अगाडि बढाउने, सैनिक सहकार्य गर्ने, चीनसँगको सम्बन्ध,  सामिप्यता र निर्भरता घटाउँदै  लाने जस्ता बिषयमा नै भ्रमणको उद्धेश्य रहेको स्रोतले डेमोखबरलाई बताएको छ । 
    जानेमाइक पम्पियोले गरेको दक्षिण एसियाली मुलुकको  भ्रमणका कारण पनि यही रहेको यस अगाडि नै उनले भ्रमणको उद्देश्य चीनका कारण उत्पन्न थ्रेटको सामना गर्नु रहेको र नेपालमा भने भारतीय लाइनबाट कुरा राखी सम्बन्ध र सहकार्यलाई बिस्तार गर्दै लाने बताइएको छ । 
    पम्पियोले सोमबार नयाँ दिल्ली आइपछि भएका सम्झौताले चीनको भारतमाथिको दवावलाई चुनौती दिने नै देखियो । र, चीनले पनि यसको खुलेर बिरोध जनाउनु धु्रवीकरणको खेल शुरु भनेर आँकलन गरिएको छ । भारतमा दुवै देशका विदेशमन्त्रीसँग दुवै देशका रक्षामन्त्रीको वैठक र त्यसपछि गरिएका सम्झौताले पनि  अब सयुक्त अभियान सुरु भएको  र त्यसभित्र नेपालमा वातावरण बनाउनु आबश्यक रहेको विश्लेषण गरी यी भ्रमणका शिलशिला को थालनी भएको स्रोत बताउँछ ।  

    सोमवार, कार्तिक २४ २०७७१०:१२:५६

    बाबुराम कार्की

    सम्बन्धित समाचार