काठमाडौँ, कात्तिक । भारतका प्रमुखस्थल सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणेको आज दोस्रो दिनको भ्रमणमा बिभिन्न भेटघाट र छलफल हुँदैछन । भ्रमण सामान्यतया सेनासँगको भेटघाट भनिए पनि अनौपचारिक रुपमा भने नेपाल भारतबीच बिग्रिएको सम्बन्धलाई सुधार नै रहेको छ ।
नेपाल– भारतबीच राजनीतिक तहमा सम्बन्ध बिग्रिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिशेष अभियानका रुपमा सैनिक प्रमुखलाई निक्कै छलफल र गृहकार्यका साथ नेपालको भ्रमणमा पठाउनुभएको स्रोतको भनाई छ ।
भातीय रक्षामन्त्री राजनाथ सिंहको पहलमा प्रधानमन्त्री मोदीलगायतको बिशेष छलफलबाट नेपाल – भारतबीचको सम्बन्ध पुरानै अवस्थामा फर्काउनुपर्छ भन्ने मान्यताका साथ यो बिशेष भ्रमणको तय रहेको जनाइएको छ ।
यससँगै चीन भारत सम्बन्ध बिग्रिएको अवस्था रहेकाले नेपाली सेनाको धारणा बुझ्ने, भारतले सीमा बिबादका बिषयलाई आपसी छलफल गरी सल्टाउने र चीनको प्रभूत्व नेपालमा हुन नदिने वातावरण निर्माण गर्ने, नेपालको चीनप्रतिको धारण के हो र त्यसबाट नेपाललाई भारतको पक्षमा ल्याउने भन्ने नै यो भ्रमणको उद्देश्य रहेको र यिनै बिषयलाई छलफलमा ल्याई सैनिक कूटनीतिमार्फत सम्बन्धमा सुधार ल्याउने नै भारतीय तहबाट पहल हुने एजेण्डा रहेको स्रोतले बतायो ।