Logo

शुक्रवार, मंसिर १९ २०७७Dec 04 2020

images

चितवन : ' दुई कोरोना संक्रमितको मृत्यु'

चितवन : ' दुई कोरोना संक्रमितको मृत्यु'

शुक्रवार, कार्तिक १४ २०७७

  • 233
    SHARES

  • चितवन : ' दुई कोरोना संक्रमितको मृत्यु'

     

     चितवन,  कात्तिक । चितवन मेडिकल कलेजमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । एक चितवनका र अर्का रुपन्देहीका पुरुषको मृत्यु भएको हो ।

    चितवनको रत्ननगरपालिका वडा नम्बर ९ का ८८ वर्षीय पुरुषको आज बिहान ६ बजेर ५४ मिनेट जांँदा मृत्यु भएको अस्पतालका प्रेस संयोजक डाक्टर किशोर अधिकारीले जानकारी दिए ।

    उच्च रक्तचाप र मधुमेहको समस्याबाट पीडित उनी कात्तिक ११ गते अस्पतालमा भर्ना भएका थिए । उनको स्वाव परीक्षण गर्दा १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको अस्पतालको कोभिड आईसियु कक्षमा उपचार भइरहेको थियो ।

    यसैगरी रुपन्देहीको जिल्ला वुटवल उपमहानगरपालिका वडा नम्बर ८ का ८४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कात्तिक ३ गते कोरोना पुष्टि भएर ११ गते अस्पताल भर्ना भएका उनको गएराति ११ बजेर ४७ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

    डा. अधिकारीका अनुसार उनमा ज्वरो, उच्चरक्तचाप र श्वास प्रश्वासको समस्यालगायतका लक्षण थियो । उनको पनि कोभिड आइसियु कक्षमा राखेर उपचार हुँदै आएको थियो ।

    शुक्रवार, कार्तिक १४ २०७७१२:५८:३३

    डेमो खबर

    सम्बन्धित समाचार