Logo

शुक्रवार, मंसिर १९ २०७७Dec 04 2020

images
पूर्वपरराष्ट्रमन्त्री तथा राप्रपाका अध्यक्ष थापाले भने

नेपालमा अन्तर्राष्ट्रिय शक्तिहरूको चलखेल बढ्यो : " प्रतिस्पर्धास्थल बन्ने खतरा "

नेपालमा अन्तर्राष्ट्रिय शक्तिहरूको चलखेल बढ्यो : " प्रतिस्पर्धास्थल बन्ने खतरा "

शुक्रवार, कार्तिक १४ २०७७

  • 469
    SHARES

  • नेपालमा अन्तर्राष्ट्रिय शक्तिहरूको चलखेल  बढ्यो : " प्रतिस्पर्धास्थल बन्ने खतरा "

     

     काठमाडौं,  कात्तिक ।  नेपाल अन्तर्राष्ट्रिय शक्तिराटहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको पूर्वपरराष्ट्रमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले  बताएका छन् ।

    उनले ट्विटरमा भने, प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय खुफिया एजेन्सीका प्रमुख सामन्त गोयललाई भेटेको विषय विवादित बनेका बेला थापाले सत्तारुढ र प्रमुख प्रतिपक्ष दलको अकर्मण्यताका कारण नेपाल अन्तर्राष्ट्रिय केन्द्रको प्रतिस्पर्धास्थल बन्न लागेको  हाे ।

    ‘भारत र चीनसँगको सम्बन्धमा रणनीतिक सन्तुलन, समदुरी र असंलग्नता नेपालको अस्तित्वको आधार हो,’ पूर्वपरराष्ट्र मन्त्री थापाले ट्विटरमा लेखेका छन्, ‘तर सत्तारुढ र प्रमुख प्रतिपक्ष दलका अकर्मण्यता र गलत नीतिको परिणास्वरुप अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको छ ।’

    देशको स्वतन्त्रता र अस्तित्वबारे समयमै सचेत बन्नसमेत उनले आग्रह गरेका छन् ।

    शुक्रवार, कार्तिक १४ २०७७१२:१७:२१

    डेमो खबर

    सम्बन्धित समाचार