Logo

बुधवार, मंसिर १० २०७७Nov 25 2020

images

काठमाडौं उपत्यका : "थप १६१५ कोरोना संक्रमित भेटिए"

काठमाडौं उपत्यका : "थप १६१५ कोरोना संक्रमित भेटिए"

बिहिवार, कार्तिक १३ २०७७

  • 249
    SHARES

  • काठमाडौं उपत्यका :  "थप १६१५ कोरोना संक्रमित भेटिए"

     

     काठमाडौं,  कात्तिक । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६१५ कोरोना संक्रमित भेटिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३३८, ललितपुरमा १८० र भक्तपुरमा ९७  कोरोना संक्रमित भेटिएका छन् ।

    काठमाडौं जिल्लामा हालसम्म ५९ हजार २३४  कोरोना संक्रमित भएकामा ४२ हजार ५०४ निको भएका छन् भने २०९ को मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १६ हजार ५२१ रहेको छ ।

    ललितपुरमा कुल ८३५० संक्रमितमा ५८२२  निको भएका छन् भने ५८ को मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या २४७० रहेको छ ।

    भक्तपुरमा कुल ५५१९ संक्रमित भएकमा ४३८३ निको भएका छन् र ६१ को मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १०७५ रहेको छ ।

    बिहीबार देशभरमा भने २३६४  संक्रमित भेटिएका छन् ।

    बिहिवार, कार्तिक १३ २०७७०४:५२:४१

    डेमो खबर

    सम्बन्धित समाचार