Logo

बुधवार, मंसिर १० २०७७Nov 25 2020

images

जसपाका संघीय अध्यक्ष डा. भट्टराई र यमीलाई कोरोना संक्रमण

जसपाका संघीय अध्यक्ष डा. भट्टराई र यमीलाई कोरोना संक्रमण

शनिवार, कार्तिक ८ २०७७

  • 677
    SHARES

  • जसपाका संघीय  अध्यक्ष  डा. भट्टराई र  यमीलाई कोरोना संक्रमण

     

    काठमाडौं,  कात्तिक । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ । डा. भट्टराई स्वयंले यसको जानकारी दिएका हुन् ।

    भट्टराईका अनुसार कात्तिक ७ गते गरिएको स्वाबको परीक्षण नतिजा पोजिटिभ आएको हो ।

    सामाजिक सन्जाल ट्वीटरमा भट्टराईले लेखेका छन्, ‘हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो ।’

    संक्रमण पुष्टि भएपछि चिकित्सकहरूको सल्लाह बमोजिम दुवै जना होम आइसोलेसनमा छन् ।  जसपाका संघीय परिषद अध्यक्ष भट्टराईले केही समययता आफूहरुसँग सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन आग्रह पनि गरेका छन् ।

     

     

    शनिवार, कार्तिक ८ २०७७०९:५५:०८

    डेमो खबर

    सम्बन्धित समाचार