Logo

बुधवार, मंसिर १० २०७७Nov 25 2020

images

पूर्वराजा शाहले भने : "जनता अभिभावकविहीन बनेको पीडाबोध हुँदैछ "

पूर्वराजा शाहले भने : "जनता अभिभावकविहीन बनेको पीडाबोध हुँदैछ "

शुक्रवार, कार्तिक ७ २०७७

  • 693
    SHARES

  • पूर्वराजा शाहले भने :  "जनता अभिभावकविहीन बनेको पीडाबोध हुँदैछ "

     

     काठमाडौं,  कात्तिक । पूर्वराजा ज्ञानेन्द्र शाहले विपत्तिमा जनताको जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत हुन नसकेको बताएका छन् ।

    दसैंको अवसरमा शुभकामना सन्देश दिँदै उनले जिम्मेवार पक्षबाट जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत नहुँदा जनताको दैनिकी कष्टकर बन्दै गएको बताएका छन् ।

    संकटको घडीमा अभिभावकको क्षमता र हैसियत प्रष्ट हुन्छ भन्ने आम मान्यता रहेको भन्दै उनले भनेका छन्, ‘यस आधारमा हेर्दा नेपाली जनता अभिभावकविहीन बनेको पीडाबोध यतिबेला हुँदैछ ।’

    रोजगारीका लागि विदेश गएकाहरु संकटमा रहेको र देशभित्रै श्रम र सीप सदुपयोग गर्ने बन्दोबस्त नभएको उनले बताएका छन् । राहत, रोजगारी र रोगको उपचार खोज्दै भौतारिएकालाई भरपर्दो आड भरोसा चाहिएको शाहले शुभकाना सन्देशमा उल्लेख गरेका छन् ।

    शुक्रवार, कार्तिक ७ २०७७०९:५६:२५

    डेमो खबर

    सम्बन्धित समाचार